‘सरकार अझै सशक्त’

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ११, २०७५
|
|
१८ पटक हेरिएको
Shares

सारांश

  • पोखरा ।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले जनअपेक्षा अनुरुप सामाजिक न्यायसहितको समृद्धिका लागि सरकार कृयाशिल बनेको बताएका छन् ।
  • नेता श्रेष्ठले पार्टीको जारी स्थायी कमिटीको बैठकपछि पार्टी र सरकार अझै सशक्त रुपमा अघि बढ्ने बताए ।

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले जनअपेक्षा अनुरुप सामाजिक न्यायसहितको समृद्धिका लागि सरकार कृयाशिल बनेको बताएका छन् । नेता श्रेष्ठले पार्टीको जारी स्थायी कमिटीको बैठकपछि पार्टी र सरकार अझै सशक्त रुपमा अघि बढ्ने बताए ।

प्रेस संगठन कास्कीद्वारा आयोजित पत्रकार सम्मेलनमा पार्टी एकिकरणपछिका बाँकी काम, पार्टी नेतृत्व र सरकारका गतिविधि लगायतमा बैठकमा गम्भीर छलफल भैरहेको बताए ।

सांगठनिक एकिकरणका बाँकी कामलाई सम्पन्न गर्दै पार्टीलाई अझै सशक्त बनाउने, पार्टी अध्यक्ष नेतृत्वको सरकारलाई प्रभावकारी बनाउने लगायतका विषयमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन सम्बन्धमा छलफल भैसकेको जानकारी दिए ।

बैठकमा उठेका विषयमा दुवै अध्यक्षले कुरा राखिसकेपछि उपयुक्त निष्कर्ष तय गरिने श्रेष्ठको भनाइ छ । समृद्ध नेपाल निर्माणका लागि स्वतन्त्र परराष्ट्र नीतिका आधारमा विदेशी राष्ट्रसँगको सम्बन्ध विस्तारका साथै दुवै छिमेकी राष्ट्रसँग समनिकटताका आधारमा अघि बढ्ने बताए ।

प्रवक्ता श्रेष्ठले अन्तरप्रदेश समन्वय परिषद्को बैठकबाट केही महत्वपूर्ण सकारात्मक निर्णय गर्दै संघीयता कार्यान्वयनलाई अघि बढाउन ठोस निर्णय गरिएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?