बाढी प्रभावित क्षेत्रमा पठाउने स्वास्थ्यकर्मीको टिम तयार : मन्त्री पोखरेल

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण २८, २०७४
|
|
४६ पटक हेरिएको
Shares
बाढी प्रभावित क्षेत्रमा पठाउने स्वास्थ्यकर्मीको टिम तयार : मन्त्री पोखरेल

सारांश

  • जनकपुर ।
  •  स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले बाढी प्रभावित क्षेत्रमा पठाउने स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा रहेको बताएका छन् ।
  • शनिबार जनकपुर विमानस्थलमा पत्रकार तथा स्वास्थकर्मी सँग कुरा गर्दै मन्त्री पोखरेलले अविरल वर्षाका कारण प्रभावित क्षेत्रमा पठाउन मन्त्रालयले स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा राखेको बताउनुभएको हो ।

जनकपुर । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले बाढी प्रभावित क्षेत्रमा पठाउने स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा रहेको बताएका छन् ।

शनिबार जनकपुर विमानस्थलमा पत्रकार तथा स्वास्थकर्मी सँग कुरा गर्दै मन्त्री पोखरेलले अविरल वर्षाका कारण प्रभावित क्षेत्रमा पठाउन मन्त्रालयले स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा राखेको बताउनुभएको हो ।

मन्त्री पोखरेलले भने, ‘बाढी प्रभावित क्षेत्रमा पठाउने स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा छ। मेचीदेखि महाकालीसम्म कतै पनि औषधि, जनशक्ति अभाव छैन।’

मन्त्री पोखरेलले सबै क्षेत्र, विभाग र मन्त्रालय उच्च सतर्कता साथ बसेको प्रष्ट पारे । उनले अहिलेसम्म तराईको कुनैपनी जिल्लामा औषधि, चिकित्सक र जनशक्तिको अभाव नभएको जानकारी गराएका छन् ।

सँगै स्वास्थ्यमन्त्री पोखरेलले विपतका बेला संयमित भएर काम गर्न स्वास्थकर्मीलाई निर्देशन दिएका छन् ।

सँगै मन्त्री पोखरेलले १९ दिनदेखि अनसनमा रहेका प्रा.डा. गोविन्द केसीको स्वास्थ्य सम्बन्धी माग पूरा भएको उल्लेख गर्दै त्रिवीसँग सम्बन्धित माग मात्र बाँकी रहेको उल्लेख गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?