‘क्लिन’ काठमाडौं बनाउने गृहमन्त्रीको योजना

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २०, २०७४
|
|
२३ पटक हेरिएको
Shares
‘क्लिन’ काठमाडौं बनाउने गृहमन्त्रीको योजना

सारांश

  • काठमाडौं : गृहमन्त्री जनार्दन शर्माले ‘क्लिन’ काठमाडौं बनाउने योजना सार्वजनिक गरेका छन्।
  • शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा शर्माले ठगी, अपराध, गुण्डागर्दी, चेलीबेटी बेचबिखनलगायत सबै अपराध नियन्त्रण गरेर राजधानीलाई ‘क्लिन’ बनाउने योजना सार्वजनिक गरेका हुन्।
  • ‘सबैभन्दा बढी अपराध राजधानी काठमाडौंमा हुन्छन्।

काठमाडौं : गृहमन्त्री जनार्दन शर्माले ‘क्लिन’ काठमाडौं बनाउने योजना सार्वजनिक गरेका छन्। शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा शर्माले ठगी, अपराध, गुण्डागर्दी, चेलीबेटी बेचबिखनलगायत सबै अपराध नियन्त्रण गरेर राजधानीलाई ‘क्लिन’ बनाउने योजना सार्वजनिक गरेका हुन्।

‘सबैभन्दा बढी अपराध राजधानी काठमाडौंमा हुन्छन्। ठगी, गुण्डागर्दी, चेलीबेची बेचबिखन लगायत अपराधलाई देशबाटै अन्त्य गर्न सबैभन्दा पहिला ‘क्लिन’ काठमाडौं अभियान सफल हुनुपर्छ’, पत्रकार सम्मेलनमा मन्त्री शर्माले भने, ‘काठमाडौं अपराधी बस्ने ठाउँ बन्दै गएको छ, अपराध नियन्त्रणका निम्ति जनस्तरबाटै अभियान चाल्नुपर्छ।’

मन्त्री शर्माले यस्ता अपराध नियन्त्रणका लागि जनस्तरबाटै जनचेतना अभिवृद्धि गर्दै व्यापक प्रहरी परिचालन गर्ने योजना समेत सार्वजनिक गरे। ‘अपराध नियन्त्रण गर्न प्रहरीलाई जिम्मेवार बनाउनुपर्छ’, मन्त्री शर्माले भने।

मन्त्री शर्माले शान्ति सुरक्षा र अपराध नियन्त्रणका निम्ति हाम्रा भन्दा पनि राम्रा प्रहरी अधिकृत खटाउने समेत बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीलाई ८५ वर्षीया आमाको छोरा खोजिदिन आग्रह
प्रधानमन्त्री ओलीलाई ८५ वर्षीया आमाको छोरा खोजिदिन आग्रह
के तापाईंलाई हरर फिल्म हेर्न मन पर्छ ? यी हुन् छुटाउन नहुने केही डरलाग्दा फिल्म !
के तापाईंलाई हरर फिल्म हेर्न मन पर्छ ? यी हुन् छुटाउन नहुने केही डरलाग्दा फिल्म !
प्रधानमन्त्रीसँग बालकुमारी घटनाका पीडित परिवारको भेट, दोषीलाई कारबाही गर्ने प्रतिबद्धता
प्रधानमन्त्रीसँग बालकुमारी घटनाका पीडित परिवारको भेट, दोषीलाई कारबाही गर्ने प्रतिबद्धता
आईजीपीका दाबेदारहरुलाई बालुवाटार प्रवेशमा रोक
आईजीपीका दाबेदारहरुलाई बालुवाटार प्रवेशमा रोक
प्रधानमन्त्री : आर्थिक प्राथमिकताहरुको पुनर्विन्यास तथा स्रोतसाधनको पुनःनिर्धारणमा विलम्ब न गरौं
प्रधानमन्त्री : आर्थिक प्राथमिकताहरुको पुनर्विन्यास तथा स्रोतसाधनको पुनःनिर्धारणमा विलम्ब न गरौं
ज्यान मार्ने धम्की दिई रकम माग्ने व्यक्ति पक्राउ
ज्यान मार्ने धम्की दिई रकम माग्ने व्यक्ति पक्राउ
शुक्रवारसम्म नेपालमा सलहको खतरा, धपाउन धुँवा र आवाज प्रभावकारी
शुक्रवारसम्म नेपालमा सलहको खतरा, धपाउन धुँवा र आवाज प्रभावकारी
नवराज सिलवालको सिको गर्दै डिआइजी रमेश खरेल पनि राजनीतिमै होमिएलान् ?
नवराज सिलवालको सिको गर्दै डिआइजी रमेश खरेल पनि राजनीतिमै होमिएलान् ?
एनसेलका झण्डै ५० प्रतिशत ग्राहकले स्मार्टफोन प्रयोग गर्ने गरेको तत्थ्य सार्वजनिक
एनसेलका झण्डै ५० प्रतिशत ग्राहकले स्मार्टफोन प्रयोग गर्ने गरेको तत्थ्य सार्वजनिक
आक्रोशपछि संसदमै आगो
आक्रोशपछि संसदमै आगो

तपाईंले छुटाउनुभयो कि?