सर्वोच्च अदालतमा दुई कामु प्रधानन्ययाधीश !

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २, २०७५
|
|
२१ पटक हेरिएको
Shares
सर्वोच्च अदालतमा  दुई कामु प्रधानन्ययाधीश !

सारांश

  • काठमाडौं २ भदौ ।
  •   प्रधानन्यायाधीशमा अस्विकृत भएपछि १५ दिन बिदामा रहेका सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले आफैंलाई ‘कायममुकायम प्रधानन्यायाधीश’ भनी दाबी गरेका छन् ।
  • उनी गत साउन १८ गते संसदीय सुनुवाईबाट प्रधानन्यायाधीशमा अस्विकृत भएका थिए ।

काठमाडौं २ भदौ ।  प्रधानन्यायाधीशमा अस्विकृत भएपछि १५ दिन बिदामा रहेका सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले आफैंलाई ‘कायममुकायम प्रधानन्यायाधीश’ भनी दाबी गरेका छन् । उनी गत साउन १८ गते संसदीय सुनुवाईबाट प्रधानन्यायाधीशमा अस्विकृत भएका थिए ।

हाल बिदामा रहेका जोशीले देवानी तथा फौजदारी संहिता जारी हुने पूर्वसन्ध्यामा कामू प्रधानन्यायाधीशका हैसियतले शुभकामना मन्तव्य पठाएका हुन् । प्रधानन्यायाधीशको स्वकीय सचिवालयको तर्फबाट भन्दै अधिवक्ता प्रविन्द्रराज जोशीले सञ्चारकर्मीहरुलाई शुभकामना मन्तव्यको प्रति इमेल पठाएका हुन् । उनी प्रधानन्यायाधीशमा अस्विकृत जोशीका छोरा समेत हुन् ।

प्रधानन्यायाधीशको स्वकीय सचिवालय, बालुवाटारका नामबाट जारी विज्ञप्तिमा संविधान र कानूनको उचित पालना हुनुपर्ने भनी व्यंग्य मिश्रित टिप्पणी गरेका छन् । शुभकामना मन्तव्यमा उनले भनेका छन्, ‘संविधान, कानूनको उचित पालना नगरी आफूखुसी गरिने व्याख्याको कुसंस्कार कायमै रहेमा जतिसुकै नया संविधान, कानून बनेपनि हामी न्यायको गन्तव्यमा पुग्न सक्दैनौं ।’ करिव डेढ पेज लामो वक्तव्यमा जोशीले आफूलाई कामू प्रधानन्यायाधीश तथा न्यायपरिषदका अध्यक्ष भनी परिचय गराएका छन् ।

सर्वोच्च अदालतको बेवसाइटमा कायम मुकायम प्रधानन्यायाधीश भनी ओमप्रकाश मिश्रको नाम उल्लेख छ । न्यायाधीशहरुको नामावलीको सूचीमा जोशीको नाम पहिलो क्रममा रहेपनि उनलाई न्यायाधीशका रुपमा मात्रै परिचय गराइएको छ । संसदीय सुनुवाई समितिले न्यायाधीश हुने धरातल समेत नरहेको कारण र आधार देखाई जोशीको नाम अस्विकृत गरेपनि उनी राजीनामा नदिई हाल १५ दिनको बिदामा रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानले भूकम्प प्रभावित टर्कीएमा राहत सामग्री, चिकित्सा र उद्धार टोली पठायो
पाकिस्तानले भूकम्प प्रभावित टर्कीएमा राहत सामग्री, चिकित्सा र उद्धार टोली पठायो
अनेरास्ववियुद्धारा भोली दाङ्ग बन्द !!! माओबादी भन्छ बन्द, हड्तालमा जाने कार्यकर्तालाइ कारबाही गरिने….
अनेरास्ववियुद्धारा भोली दाङ्ग बन्द !!! माओबादी भन्छ बन्द, हड्तालमा जाने कार्यकर्तालाइ कारबाही गरिने….
२ सातासम्म बेपत्ता कमलाकाे आफ्नै श्रीमानले हत्या गरेकाे खुलासा
२ सातासम्म बेपत्ता कमलाकाे आफ्नै श्रीमानले हत्या गरेकाे खुलासा
भूतपूर्व सैनिक सम्मेलन फागुन र चैतमा हुँदै
भूतपूर्व सैनिक सम्मेलन फागुन र चैतमा हुँदै
अमेरिका पुगेर नेपालले दिए प्रधानमन्त्रीलाई यस्ताे सुझाव
अमेरिका पुगेर नेपालले दिए प्रधानमन्त्रीलाई यस्ताे सुझाव
चौथो चरणको फुटबल प्रतियोगिता आज सकिँदै
चौथो चरणको फुटबल प्रतियोगिता आज सकिँदै
‘जनयुद्ध’मा यसरी जोगाएकी थिइन् प्रचण्डलाई सीताले
‘जनयुद्ध’मा यसरी जोगाएकी थिइन् प्रचण्डलाई सीताले
काठमाडौं ८ मा एमालेका जीवनराम विजयी, नविन्द्रराज जोशी पराजित
काठमाडौं ८ मा एमालेका जीवनराम विजयी, नविन्द्रराज जोशी पराजित
बुधबारको मौसमः पाँच प्रदेशमा हल्का बर्षाकाे सम्भावना
बुधबारको मौसमः पाँच प्रदेशमा हल्का बर्षाकाे सम्भावना
छानबिन नटुङ्गिदै पुनःखुलाइयो घोराही सिमेन्टको आइपिओ
छानबिन नटुङ्गिदै पुनःखुलाइयो घोराही सिमेन्टको आइपिओ

तपाईंले छुटाउनुभयो कि?