काभ्रेमा नगद सहित पक्राउ सुवास गौतम
सारांश
- काठमाडौ, २५ असोज काभ्रे पाँचखाल नगरपालिका–१० घर भएका २६ वर्षीय सुवास गौतमलाई स्रोत खुलाउन नसकेको नगद १७ लाख रुपैयाँ सहित काठमाडौं महानगरपालिका–२२ खिचापोखरीबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
- प्रहरीद्वारा न्यूरोड क्षेत्रमा हुने अवैध बैङ्किङ कसुर (हुण्डी) कारोबारको नियन्त्रणको क्रममा शंकास्पद रुपमा झोला बोकी हिँडिरहेका गौतमलाई खानतलासी गर्दा उनको झोलामा उक्त नगद फेला परेको हो ।
- यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौ, २५ असोज
काभ्रे पाँचखाल नगरपालिका–१० घर भएका २६ वर्षीय सुवास गौतमलाई स्रोत खुलाउन नसकेको नगद १७ लाख रुपैयाँ सहित काठमाडौं महानगरपालिका–२२ खिचापोखरीबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीद्वारा न्यूरोड क्षेत्रमा हुने अवैध बैङ्किङ कसुर (हुण्डी) कारोबारको नियन्त्रणको क्रममा शंकास्पद रुपमा झोला बोकी हिँडिरहेका गौतमलाई खानतलासी गर्दा उनको झोलामा उक्त नगद फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया