नागरिक उड्डयन प्राधिकरणलाई फुटसलको उपाधि

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २५, २०७९
|
|
२२ पटक हेरिएको
Shares
नागरिक उड्डयन प्राधिकरणलाई फुटसलको उपाधि

सारांश

  • काठमाडौँ ।
  • नागरिक उड्डयन प्राधिकरण ‘ए’ ले १३औँ सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
  • सार्वजनिक संस्थान खेलकुद विकास सङ्घ नेपाल (पेस्डान) द्वारा आयोजित उक्त प्रतियोगिताको फाइनल खेलमा नागरिक ‘ए’ ले नेपाल आयल निगम ‘बी’ लाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरण ‘ए’ ले १३औँ सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।

सार्वजनिक संस्थान खेलकुद विकास सङ्घ नेपाल (पेस्डान) द्वारा आयोजित उक्त प्रतियोगिताको फाइनल खेलमा नागरिक ‘ए’ ले नेपाल आयल निगम ‘बी’ लाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

नागरिक उड्डयन ‘ए’ को जितमा सुमित पराजुली र सुजन भारतीले समान १–१ गोल गरे । यता आयल निमग ‘बी’ का लागि भने राम विश्वकर्माले १ गोल फर्काए ।

भृकुटीमण्डपमा भएको फुटसलमा उपाधि विजेतालाई रु २५ हजार तथा उपविजेता टोलीलाई रु १५ हजार पुरस्कार प्रदान गरिने आयोजक पेस्डानका उपमहासचिव रहेएका फुटसल संयोजक प्रशान्तबहादुर श्रेष्ठले जानकारी दिए ।

दुईदिने फुटसल प्रतियोगितामा विभिन्न १४ टोलीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?