आइपीएलमा सन्दीपले देखाए क्षमता

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ७, २०७५
|
|
३७ पटक हेरिएको
Shares
आइपीएलमा सन्दीपले देखाए क्षमता

सारांश

  • काठमाडौँ, सन्दिप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) मा उत्कृष्ट खेल प्रदर्शन गरेका छन् ।
  • सन्दिपले दिल्ली डेयरडेभिल्सबाट मुम्बई इन्डियन्स विरुद्धको खेलमा चार ओभरमा ३६ रन दिँदै ३ विकेट लिए ।
  • उनले ३ विकेट लिँदा उनको निकै चर्चा भएको थियो ।

काठमाडौँ, सन्दिप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) मा उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । सन्दिपले दिल्ली डेयरडेभिल्सबाट मुम्बई इन्डियन्स विरुद्धको खेलमा चार ओभरमा ३६ रन दिँदै ३ विकेट लिए ।

उनले ३ विकेट लिँदा उनको निकै चर्चा भएको थियो । ह्याट्रिक गरेपछि उनको निकै प्रशंसा भएको थियो । १८ वर्षे नेपाली क्रिकेटरले उत्कृष्ट प्रदर्शन गरेपछि उनी अन्य क्रिकेटरको आँखामा परेका छन् ।

आफ्नो तेस्रो खेलमा सन्दिपले पहिलो ओभरमै मुम्बई इन्डियन्सका प्रारम्भिक ब्याट्सम्यान सूर्यकुमार यादवको विकेट लिएका थिए । पहिलो ओभरमा उनले १३ रन खर्चेर एक विकेट लिएका थिए । उनी नेपालको तर्फबाट आइपिएल खेल्ने पहिलो खेलाडी हुन् ।

सन्दिपले खेलको दशौँ ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गर्दै ६ रन खर्चेर महत्वपूर्ण दुई विकेट लिए । दशौँ ओभरको पहिलो बलमा उनले केरन पोलार्डलाई सात रनमा आउट गरे । त्यही ओभरको चौथो बलमा उनले कुर्नाल पाण्डेलाई व्यक्तिगत चार रनको स्कोरमा आउट गरे ।

सन्दिपको तेस्रो ओभर महंगो सावित भयो । उनले खेलको बाहौँ ओभरमा बिना कुनै विकेट १३ रन खर्चे । सोह्रौँ ओभरमा सन्दिपले निकै किफायती बलिङ गरे । आफ्नो चौथो ओभरमा उनले मात्र चार रन खर्चे ।

हिजोको उनको आईपिएलमा तेस्रो तथा यस सिजनको अन्तिम खेल रहेको थियो । यसअघि ११ खेलसम्म दिल्ली डेयरडेभिल्सले नखेलाएपछि १२ औ खेलमा मात्रै उनले डेब्यु गर्ने मौका पाउनासाथै उनले जसरी बलिङ गरे त्यसले, विश्व क्रिकेटमा अमिट छाप छाडेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसका संस्थापक नेता जोशीको अन्त्येष्टि गरियो
कांग्रेसका संस्थापक नेता जोशीको अन्त्येष्टि गरियो
जेठ ९ गतेको राशीफल यस्तो छ, कुन राशीले आज के गर्दा उत्तम ?
प्रदेश नं १ः विपद् व्यवस्थापन सम्बन्धि विधेयक सर्वसम्मतिले पारित !
प्रदेश नं १ः विपद् व्यवस्थापन सम्बन्धि विधेयक सर्वसम्मतिले पारित !
मुखै फोरेर भन्छन्, ‘बासी खाना खाएर हिड्ने ?’ धेरैजसोले मुख बिगार्छन्
मुखै फोरेर भन्छन्, ‘बासी खाना खाएर हिड्ने ?’ धेरैजसोले मुख बिगार्छन्
कांग्रेस(जसपाका नेताबिच देउवा निवासमा छलफल)
कांग्रेस(जसपाका नेताबिच देउवा निवासमा छलफल)
5 terrorists killed in J-K’s Baramulla encounter
5 terrorists killed in J-K’s Baramulla encounter
बंगलादेशमा भीषण आगलागी, ५० को मृत्यु, ४० घाइते
बंगलादेशमा भीषण आगलागी, ५० को मृत्यु, ४० घाइते
संस्थागत विद्यालयलाई व्यवस्थित गर्न १६ बुँदे निर्देशन
संस्थागत विद्यालयलाई व्यवस्थित गर्न १६ बुँदे निर्देशन
नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको उपचारका क्रममा मृत्यु भएको छ।
नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको उपचारका क्रममा मृत्यु भएको छ।
२ सय करोड लगानी थप्दै नर्भिकलाई दक्षिण पूर्वी एसियाकै उत्कृष्ट अस्पताल बनाउने घोषणा
२ सय करोड लगानी थप्दै नर्भिकलाई दक्षिण पूर्वी एसियाकै उत्कृष्ट अस्पताल बनाउने घोषणा

तपाईंले छुटाउनुभयो कि?