प्रधानमन्त्रीले आज सचिवहरुलाई निर्देशनात्मक सम्बोधन गर्नुहुँदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १९, २०७९
|
|
५४ पटक हेरिएको
Shares
प्रधानमन्त्रीले आज सचिवहरुलाई निर्देशनात्मक सम्बोधन गर्नुहुँदै

सारांश

  • काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउने सम्बन्धमा आज निर्देशनात्मक सम्बोधन गर्नुहुने छ ।
  • प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक सरकारको काम कारवाही प्रभावकारी बनाउन सरकारका सचिवहरुलाई मंगलबार निर्देशनात्मक सम्बोधन दिन लाग्नु भएको हो ।
  • पुस १० मा प्रधानमन्त्रीमा नियुक्त हुनुभएका दाहालले सुशासन र नागरिकलाई सरल र सहजरुपमा सेवा प्रदान गर्ने यसअघि नै घोषणा गर्नुभएको थियो ।

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउने सम्बन्धमा आज निर्देशनात्मक सम्बोधन गर्नुहुने छ ।प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक सरकारको काम कारवाही प्रभावकारी बनाउन सरकारका सचिवहरुलाई मंगलबार निर्देशनात्मक सम्बोधन दिन लाग्नु भएको हो ।

पुस १० मा प्रधानमन्त्रीमा नियुक्त हुनुभएका दाहालले सुशासन र नागरिकलाई सरल र सहजरुपमा सेवा प्रदान गर्ने यसअघि नै घोषणा गर्नुभएको थियो । पुस ११ मा उहाँले नागरिकलाई सेवा प्रदान गर्ने निकायमा भइरहेको बेथिति अन्त्य गर्ने घोषणा गर्नुभएको थियो ।

विशेष गरी राहदानी वितरण, सवारी चालक अनुमतिपत्रलगायत सेवाग्राहीको बढी भीडभाड हुने कार्यालयको कामलाई सरल र सहज बनाउने प्रधानमन्त्रीको योजनाअनुसार सचिवहरुसँग छलफल गर्नुभएको थियो ।

छलफलमा गृह, अर्थ, शिक्षा, परराष्ट्र, भौतिक पूर्वाधार, संस्कृति तथा पर्यटनलगायत मन्त्रालयका सचिवहरूले आ–आफ्नो मन्त्रालयको प्रतिवेदन प्रस्तुत गरिसकेका छन् भने केही सचिव र विभागको विवरण आज प्रस्तुत भएपछि प्रधानमन्त्रीले निर्देशनात्मक सम्बोधन गर्ने कार्यसूची तय भएको प्रेस संयोजक शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओली : दाहाल(नेपालसँग देश बनाउने सोच छैन्, माधव नेपाललाई पनि जनताले चिने
प्रधानमन्त्री ओली : दाहाल(नेपालसँग देश बनाउने सोच छैन्, माधव नेपाललाई पनि जनताले चिने
पोर्नस्टार बन्न धर्म त्याग्ने चर्चित पोर्न अभिनेत्रीको कहानी
पोर्नस्टार बन्न धर्म त्याग्ने चर्चित पोर्न अभिनेत्रीको कहानी
युवालाई समृद्धिको सहयोगी बनाउनुुपर्छः युवा नेता पौडेल
युवालाई समृद्धिको सहयोगी बनाउनुुपर्छः युवा नेता पौडेल
एसीसी इमर्जिङ कपमा नेपालले जित्यो टस: नेपाल र हङकङ अहिले भिडिरहेका छन्
एसीसी इमर्जिङ कपमा नेपालले जित्यो टस: नेपाल र हङकङ अहिले भिडिरहेका छन्
परीक्षा पास भएका डेढ लाख सेवाग्राहीले पाएनन् ‘स्मार्ट कार्ड’
परीक्षा पास भएका डेढ लाख सेवाग्राहीले पाएनन् ‘स्मार्ट कार्ड’
गभर्नरले राष्ट्र बैंकमा लुकाएको फाइल अख्तियारले भेट्टायो, अहिले प्रहरीमा
गभर्नरले राष्ट्र बैंकमा लुकाएको फाइल अख्तियारले भेट्टायो, अहिले प्रहरीमा
पत्नी भेट्न विश्वकपबाट सुटुक्क लण्डन पुगे बिराट कोहली
पत्नी भेट्न विश्वकपबाट सुटुक्क लण्डन पुगे बिराट कोहली
सरकारले वार्ता र संवादको ढोका बन्द गरेको छैन : वरिष्ठ नेता नेपाल
सरकारले वार्ता र संवादको ढोका बन्द गरेको छैन : वरिष्ठ नेता नेपाल
गोकर्ण अस्पतालमा छैनन् एक्स–रे, इसिजी चलाउने प्राविधिक
गोकर्ण अस्पतालमा छैनन् एक्स–रे, इसिजी चलाउने प्राविधिक
विकाशमा राजनितिक खिचातानी
विकाशमा राजनितिक खिचातानी