लिम्बू भाषा सरकारी कामकाजी भाषा

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १२, २०७५
|
|
२६ पटक हेरिएको
Shares
लिम्बू भाषा सरकारी कामकाजी भाषा

सारांश

  • मङ्गलबारे, १२ मङ्सिर , नेपालमै पहिलो पटक इलामको माङ्सेबुङ गाउँपालिकाको लारूम्बामा ‘लिम्बू भाषा’लाई सरकारी कामकाजी भाषाका रूपमा प्रयोगमा ल्याउन लागिएको छ ।
  • लिम्बू समुदायको बाहुल्य रहेको गाउँपालिका–५, लारूम्बाले सरकारी कामकाजी भाषाका रूपमा लिम्बू भाषालाई कार्यान्वयन गर्ने वडाध्यक्ष अध्यक्ष नेरन्द्र राईले जानकारी दिनुभयो ।
  • वडामा कामकाजी भाषाका रूपमा ‘लिम्बू भाषा’ को कार्यान्वयन गर्न सम्पूर्ण तयारी पूरा भएको वडाध्यक्ष राईले बताउनुभयो ।

मङ्गलबारे, १२ मङ्सिर , नेपालमै पहिलो पटक इलामको माङ्सेबुङ गाउँपालिकाको लारूम्बामा ‘लिम्बू भाषा’लाई सरकारी कामकाजी भाषाका रूपमा प्रयोगमा ल्याउन लागिएको छ । लिम्बू समुदायको बाहुल्य रहेको गाउँपालिका–५, लारूम्बाले सरकारी कामकाजी भाषाका रूपमा लिम्बू भाषालाई कार्यान्वयन गर्ने वडाध्यक्ष अध्यक्ष नेरन्द्र राईले जानकारी दिनुभयो ।

वडामा कामकाजी भाषाका रूपमा ‘लिम्बू भाषा’ को कार्यान्वयन गर्न सम्पूर्ण तयारी पूरा भएको वडाध्यक्ष राईले बताउनुभयो । कार्यान्वयनको औपचारिक घोषणा इलाम क्षेत्र नं २ का प्रदेशसभा सदस्य धीरेन्द्र शर्माले विहीबार गर्ने वडा कार्यालयले जनाएको छ ।

वडामा दोभाषे कर्मचारी नभए पनि ‘लिम्बू भाषा’ र ‘किराँत सिरिजङ्घा लिपि’ को आधार क्षेत्र भएकाले माङ्सेबुङबाटै सरकारी कामकाजमा ‘लिम्बू भाषा’ प्रयोग गर्ने तयारी गरिएको वडाध्यक्ष राईले बताउनुभयो ।

गत १५ कात्तिकमा वडामा बसेको विभिन्न राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी र सङ्घसंस्थाको संयुक्त बैठकले नेपालमै पहिलोपटक ‘लिम्बू भाषा’ सरकारी कामकाजी भाषाका रूपमा प्रयोग गर्ने निर्णय गरेको थियो । “मैले एक्लैले यस्तो निर्णय गरेको होइन, स्थानीयवासी, बुद्धिजीवी तथा राजनीतिक दलको सहयोगमा निर्णय भएको हो”, उहाँले भन्नुभयो, “यो निर्णयले लिम्बू समुदायका नागरिकलाई ठूलो टेवा पुग्नेछ ।” यहाँ ६० प्रतिशत लिम्बू र ४० प्रतिशत अन्य जातिको बसोबास रहेको छ ।

हालसम्म वडा र गाउँपालिकामा कोही पनि बहुभाषिक कर्मचारी नियुक्त भएका छैनन् । स्थानीय भाषा कामकाजी भाषाका रूपमा प्रयोग हुन थालेपछि गाउँपालिकासँग दोभाषे कर्मचारी नियुक्त गर्न माग गरिने वडाध्यक्ष राईले बताउनुभयो । तत्काल लिम्बू भाषा जान्ने स्थानीय पाँच स्वयंसेवकबाट सहयोग लिइने उहाँको भनाइ छ । त्यसका लागि स्वयंसेवक समितिसमेत गठन गरिएको छ ।

समितिले गाउँपालिकाबाट दोभाषे कर्मचारी नियुक्त नभएसम्म स्वयंसेवकका रूपमा दिलहाङ शेर्मा, इन्द्र आङदेम्बे, ललितचन्द्र फियाक, सञ्चहाङ साम्बहाम्फे र केशेहाङ्मा थेगिमले काम गर्नुहुनेछ ।

संविधानले स्थानीय भाषालाई समेत सरकारी कामकाजी भाषाका रूपमा प्रयोग गर्न पाउने अधिकार स्थानीय सरकारलाई दिएको भए पनि आवश्यक जनशक्तिको अभावमा कार्यान्वयन नगरिएको गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताउनुभयो । यसअघि गाउँपालिकाले पालिकाभरिका सरकारी कार्यालयको सूचना पाटी देवनागरी र किराँत सिरिजङ्घा लिपिमा राख्ने निर्णय गरिसकेको छ ।

(Ambien)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आरजुकै लागि देउवाले लिए यस्तो अडान ? ओलीले कसको लागि ?
आरजुकै लागि देउवाले लिए यस्तो अडान ? ओलीले कसको लागि ?
सदस्यता वार्तामा सहमत भए पनि ओर्बानद्वारा युक्रेनका लागि इयुको सहायता अवरुद्ध
सदस्यता वार्तामा सहमत भए पनि ओर्बानद्वारा युक्रेनका लागि इयुको सहायता अवरुद्ध
चार महिनामा दुई अर्ब भन्दा बढीकाे क्षति !
चार महिनामा दुई अर्ब भन्दा बढीकाे क्षति !
चितवन क्षेत्र नं २ मा पूर्व सांसद चुनावी मैदानमा ,कस्को भाग्य बलियो
चितवन क्षेत्र नं २ मा पूर्व सांसद चुनावी मैदानमा ,कस्को भाग्य बलियो
ट्रक दुर्घटनामा चालकसहित तीनजनाको ज्यान गयाे
ट्रक दुर्घटनामा चालकसहित तीनजनाको ज्यान गयाे
पत्नी सिताको उच्च- ब्लडप्रेसरको बहाना बनाइ किन जादैछन प्रचण्ड थाइल्यान्ड ?
पत्नी सिताको उच्च- ब्लडप्रेसरको बहाना बनाइ किन जादैछन प्रचण्ड थाइल्यान्ड ?
यसरी कमजोर बन्दैछन् विप्लव
यसरी कमजोर बन्दैछन् विप्लव
विश्वकर्मालाई थुनामुक्त गर्न सर्वोच्चको तेस्रोपटक आदेश, फेरि पक्राउ
विश्वकर्मालाई थुनामुक्त गर्न सर्वोच्चको तेस्रोपटक आदेश, फेरि पक्राउ
आठौँ बृहत् राष्ट्रिय खेलकूद :एक हजार ३०७ पदकका लागि पाँच हजार २११ खेलाडी प्रतिष्पर्धी
आठौँ बृहत् राष्ट्रिय खेलकूद :एक हजार ३०७ पदकका लागि पाँच हजार २११ खेलाडी प्रतिष्पर्धी
बैशाख ३० गते मंगलबारको राशिफल यस्तो छ
बैशाख ३० गते मंगलबारको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?