सात जिल्लाको सीडीओ फेरिए

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २५, २०७५
|
|
२४ पटक हेरिएको
Shares
सात जिल्लाको सीडीओ फेरिए

सारांश

  • काठमाडौं २५ चैत  ।
  • गृह मन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गरेको छ ।
  • मन्त्रालयका अनुसार सिन्धुपाल्चोक जिल्लामा उप–सचिव गोमादेवी चेम्जोङ्गलाई कामु प्रमुख जिल्ला अधिकारीको रुपमा पठाइएको छ ।

काठमाडौं २५ चैत  । गृह मन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गरेको छ । मन्त्रालयका अनुसार सिन्धुपाल्चोक जिल्लामा उप–सचिव गोमादेवी चेम्जोङ्गलाई कामु प्रमुख जिल्ला अधिकारीको रुपमा पठाइएको छ ।

मन्त्रालयले संखुवासभाको प्रमुख जिल्ला अधिकारीको रुपमा उप–सचिव जीवन प्रसाद दुलाललाई पठाएको छ । त्यस्तै रामेछापको प्रमुख जिल्ला अधिकारमा लिलाकुमारी केसी पाण्डेको सरुवा भएको छ ।

रसुवामा अर्जुन भण्डारी, भोजपुरमा नुरहरी खतिवडा, बाजुरामा गंगा प्रसाद न्यौपाने र दोलखामा खगेन्द्र प्रसाद रिजालको सरुवा भएको छ ।

गृह–मन्त्रालयले नख्खु कारागारको प्रमुखमा बेद प्रसाद अर्याललाई पठाएको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा र भोजपुरकी प्रजिअ हिरा देवी पौडेललाई मन्त्रालय सरुवा गरिएको छ ।

सोमबारको मन्त्रिस्तरीय निर्णय अनुसार २३ जना उप–सचिवको सरुवा भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?