अबदेखि खैनी–चुरोट बोकेर मन्त्रालय  मन्त्रालय जान नपाइने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १३, २०७४
|
|
५७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं – निजी वा संस्थागत काम लिएर स्वास्थ्य मन्त्रालय छिर्न खोज्दै हुनुहुन्छ र साथमा सुर्तीजन्य पदार्थ छ भने तपाईंलाई सुरक्षाकर्मीले गेटमै रोक्नेछन्।
  • खल्तीमा बोकेका सुर्तीजन्य पदार्थ फालेपछि मात्रै सुरक्षाकर्मीले तपार्इंलाई मन्त्रालय प्रवेशको अनुमति दिनेछन् ।
  • मन्त्रालय परिसरमा सुर्तीचुरोट खाएको पाइएमा त जरिबाना तिर्नुपर्ने हुन्छ।

काठमाडौं – निजी वा संस्थागत काम लिएर स्वास्थ्य मन्त्रालय छिर्न खोज्दै हुनुहुन्छ र साथमा सुर्तीजन्य पदार्थ छ भने तपाईंलाई सुरक्षाकर्मीले गेटमै रोक्नेछन्। खल्तीमा बोकेका सुर्तीजन्य पदार्थ फालेपछि मात्रै सुरक्षाकर्मीले तपार्इंलाई मन्त्रालय प्रवेशको अनुमति दिनेछन् । मन्त्रालय परिसरमा सुर्तीचुरोट खाएको पाइएमा त जरिबाना तिर्नुपर्ने हुन्छ। आजको नागरिक दैनिकमा खबर छ ।

सार्वजनिक स्थलमा धूमपान तथा सुर्ती सेवन गर्न नहुने कानुनी व्यवस्था छ । तर स्वास्थ्य मन्त्रालयको गेटमै सुर्तीजन्य पदार्थ किनबेच हुन्छ भने क्यान्टिनमा चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र सेवाग्राहीले धूमपान गरिरहेको देखिन्छ।

स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले कानुन बने पनि व्यवहारमा खुलेआम यस्ता पदार्थको प्रयोग नघटेपछि मन्त्रालयबाटै कानुन कार्यान्वयन गर्न लागेको बताइन्। ‘कानुनले मात्रै भएन, व्यवहारमा पनि सुर्तीजन्य पदार्थले हानि गर्छ भन्ने आत्मबोध हुनुप-यो,’ अर्यालले भनिन्।

अर्यालले मन्त्रालय प्रवेश गर्नेलाई गेटमा जाँच गरेर सुर्तीजन्य पदार्थ बोकेको भए डस्टबिनमा फाल्न लगाएर प्रवेश गर्न दिने बताइन्। उनले सोमबार मन्त्रालयको उच्च अधिकारी उपस्थित बैठकमा कर्मचारीलाई सुर्तीजन्य पदार्थ बोकेर नआउन निर्देशन दिएकी छन्।

मन्त्री अर्यालले गेटमा जाँच गर्दा पनि नरोकिएमा सुर्तीजन्य पदार्थको ‘सेन्सर’ राख्न निर्देशन दिएकी छन्। उनले मन्त्रालयका अधिकारीसँग भनिन्, ‘कस्तो नीति, निर्देशन वा निर्देशिका चाहिन्छ बनाएर ल्याउनुस्, यो काम अब तत्काल गर्नुपर्छ।’ यस्तो अभियान स्वास्थ्य मन्त्रालयमा लागू गरेपछि क्रमशः विभाग, अस्पताल र अन्य मन्त्रालयमा समेत लागू गर्दै जाने अर्यालको योजना छ।

स्वस्थ जीवनशैली अपनाउन सचेत गराउने जनशक्ति र निकायमै धूमपान रोक्न नसक्दा कानुन कार्यान्वयनमा कठिन भएको स्वास्थ्य अधिकारी बताउँछन्।

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐन २०६८ मा सार्वजनिक स्थानमा धूमपान तथा सुर्तीसेवन गर्न नहुने व्यवस्था छ। ऐनको दफा ३ मा राज्य तथा सरकारी निकाय, संस्था वा कार्यालय, शिक्षण संस्था, पुस्तकालय, तालिम था स्वास्थ्यसम्बन्धी संस्थालगायत मानिसको जमघट हुने  सार्वजनिक स्थलमा धूमपान निषेध गरेको छ। तर सार्वजनिक स्थलमा चुरोट र सुर्ती सेवनमा कडाइ गर्न सरकार सफल हुन सकेको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राहदानीमा गम्भीर लापर्वाही, जिल्लै फरक-राष्ट्रियता तिब्बतीयन
राहदानीमा गम्भीर लापर्वाही, जिल्लै फरक-राष्ट्रियता तिब्बतीयन
डुङ्गा डुब्दा बाउन्न विद्यार्थीको ज्यान गयाे
डुङ्गा डुब्दा बाउन्न विद्यार्थीको ज्यान गयाे
मधेस केन्द्रित दलको  ठूला नेताहरू  प्रवेश गर्दै, ओलीले स्वागत गर्ने……..
मधेस केन्द्रित दलको ठूला नेताहरू प्रवेश गर्दै, ओलीले स्वागत गर्ने……..
नेपाली नागरिक सोमालियाको सरकारविरोधी इस्लामिक समुहका कमाण्डर, सैन्य कारबाहीमा मारिए
नेपाली नागरिक सोमालियाको सरकारविरोधी इस्लामिक समुहका कमाण्डर, सैन्य कारबाहीमा मारिए
गुण्डा नाइकेले दिए सलमानलाई अदालतमै मार्ने धम्की
गुण्डा नाइकेले दिए सलमानलाई अदालतमै मार्ने धम्की
नेपालगञ्जको त्रिभुवनचोक ‘स्ट्रिट फुड लेन’ बन्दै
नेपालगञ्जको त्रिभुवनचोक ‘स्ट्रिट फुड लेन’ बन्दै
लुक्लामा हेलिकप्टर र जहाज ठोकिदा कोपाइलट र प्रहरीको मृत्यु
लुक्लामा हेलिकप्टर र जहाज ठोकिदा कोपाइलट र प्रहरीको मृत्यु
‘नेपाल डुबाउने गरी भारतले बनाएका बाँधको अनुगमन गर्नुपर्छ’
‘नेपाल डुबाउने गरी भारतले बनाएका बाँधको अनुगमन गर्नुपर्छ’
रु दुई करोड ३३ लाख अवैध बजार मूल्यको लागुऔषधसहित १० जना पक्राउ
रु दुई करोड ३३ लाख अवैध बजार मूल्यको लागुऔषधसहित १० जना पक्राउ
अन्ततः अघि बढ्ने भयो बिआरआई
अन्ततः अघि बढ्ने भयो बिआरआई