विद्युतीय बसमा राष्ट्रपति…

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २४, २०७९
|
|
२५ पटक हेरिएको
Shares
विद्युतीय बसमा राष्ट्रपति…

सारांश

  • काठमाडौं।
  • राष्ट्रपति विद्यादेवी भण्डारी साझा यातायातको विद्युतीय बसमा ललितपुरको पाटनढोका पुगेकी छन्।
  • राष्ट्रपति भण्डारी शनिबार दिउँसो शीतल निवासबाट विद्युतीय बसमा पाटनढोका पुगेकी थिइन्।

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी साझा यातायातको विद्युतीय बसमा ललितपुरको पाटनढोका पुगेकी छन्। राष्ट्रपति भण्डारी शनिबार दिउँसो शीतल निवासबाट विद्युतीय बसमा पाटनढोका पुगेकी थिइन्।

हाकुपटासीमा सजिएर पाटन पुगेकी राष्ट्रपति भण्डारीलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पुष्पगुच्छाले स्वागत गरेका थिए।

उनले पाटनढोकामा रहेको मदन पुरस्कार पुस्तकालयको समेत अवलोकन गरिन्। राष्ट्रपति भण्डारीले पुस्तकालयमा रहेको हस्तलिखित स्वस्थानी व्रतकथाको समेत अध्ययन गरेकी थिइन्।

पुस्तकालयको अवलोकनपश्चात् राष्ट्रपति भण्डारी हिँडेर अवलोकनका लागि पिम्बहाः पुखु पुगेकी थिइन्। पिम्बहाः मा उनले नेवारी भजन ग्रहणसँगै पिम्बहाः पुखुको इतिहासका बारेमा जानकारी लिएकी थिइन्।

काठमाडौँको रानीपोखरीभन्दा पुरानो पिम्बहाः पुखुको पुरानो नाम जगमदु पुखु हो। पुस्तकालय र पिम्बहाः पुखुको अवलोकनपश्चात् पुनः राष्ट्रपति भण्डारी साझाको विद्युतीय बसमा शीतल निवास फर्किएकी थिइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकार र सिके राउतबीचको सहमतिले देउवा खुशी
सरकार र सिके राउतबीचको सहमतिले देउवा खुशी
प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश
प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश
साउनको अन्तिम सोमबारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
साउनको अन्तिम सोमबारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
महाथिरद्वारा ‘झूटा समाचार’ कानूनबारे समिक्षा गर्ने प्रतिवद्धता
महाथिरद्वारा ‘झूटा समाचार’ कानूनबारे समिक्षा गर्ने प्रतिवद्धता
विवरण नबुझाउने कम्पनी खारेज गरिने
विवरण नबुझाउने कम्पनी खारेज गरिने
उपनिर्वाचनको सबै नतिजा सार्वजनिक, समावेशी चरित्रको मतपरिणाम
उपनिर्वाचनको सबै नतिजा सार्वजनिक, समावेशी चरित्रको मतपरिणाम
माघे संक्रान्तिको शुभकामना दिदै प्रम ओलीले भने पर्वहरुका विविधता हाम्रा बहुमूल्य सम्पत्ति हुन्
माघे संक्रान्तिको शुभकामना दिदै प्रम ओलीले भने पर्वहरुका विविधता हाम्रा बहुमूल्य सम्पत्ति हुन्
छ वर्षमा पनि बनेन नगरकोट जाने बाटो
छ वर्षमा पनि बनेन नगरकोट जाने बाटो
पाँच महिनाकी गर्भवती दश दिनदेखि बेपत्ता
पाँच महिनाकी गर्भवती दश दिनदेखि बेपत्ता
बासमती सागदेखि लोकल खसी र कुखुरा पाइने काठमाडौँ भित्रको अर्गानिक फार्म हाउस (भिडियो)
बासमती सागदेखि लोकल खसी र कुखुरा पाइने काठमाडौँ भित्रको अर्गानिक फार्म हाउस (भिडियो)

तपाईंले छुटाउनुभयो कि?