कांग्रेस नेता मार्सलजुलुमको निधन

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २३, २०७४
|
|
३९९ पटक हेरिएको
Shares
कांग्रेस नेता मार्सलजुलुमको निधन

सारांश

  • पूर्वसांसद एवं कांग्रेस नेता मार्सलजुलुम शाक्यको ७७ वर्षको उमेरमा निधन भएको छ ।
  • ग्राण्डी अस्पतालमा उपचारका क्रममा शाक्यको शनिबार बिहान ९ बजे मृत्यु भएको हो ।
  • निमोनियाका कारण उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

पूर्वसांसद एवं कांग्रेस नेता मार्सलजुलुम शाक्यको ७७ वर्षको उमेरमा निधन भएको छ । ग्राण्डी अस्पतालमा उपचारका क्रममा शाक्यको शनिबार बिहान ९ बजे मृत्यु भएको हो ।

निमोनियाका कारण उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
अस्पताल स्रोतका अनुसार शाक्य खाना सर्किएर हुने निमोनियाबाट पीडित भई आठ दिनअघि अस्पताल भर्ना भएका थिए ।

यसअघि पनि अस्पताल भर्ना भएर उनी निको भई घर फर्केका थिए । अचानक ऐक्सिरेसन निमोनियाले भेटेपछि उनी बेहोस भएका थिए ।

उनलाई आइसीयुमा राखेर उपचार गिरिँदै थियो ।

सन् १९४० मा काठमाडौंमा जन्मिएका शाक्य लामो समय प्रजातान्त्रिक आन्दोलनमा होमिएका थिए । नेपाल विद्यार्थी संघको संस्थापक मध्येका एक रहेका शाक्य पूर्वसांसद समेत हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?