मकैमा डाँठ कुहिने रोगका कारण किसान चिन्तित !

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २७, २०७५
|
|
२९ पटक हेरिएको
Shares
मकैमा डाँठ कुहिने रोगका कारण किसान चिन्तित !

सारांश

  • दाङ, २७ साउन ।
  • तुलसीपुर उपमहानगरपालिका– ३ भट्टे गाउँमा लगाइएको मकैमा डाँठ कुहिने रोग देखिएको छ ।
  • डाँठ कुहिने रोगका कारण यहाँका किसानले लगाएको मकैबाली नष्ट भएको छ ।

दाङ, २७ साउन । तुलसीपुर उपमहानगरपालिका– ३ भट्टे गाउँमा लगाइएको मकैमा डाँठ कुहिने रोग देखिएको छ । डाँठ कुहिने रोगका कारण यहाँका किसानले लगाएको मकैबाली नष्ट भएको छ । सो क्षेत्रको पाँच बिघामा लगाइएको मकैमा डाँठ कुहिने रोग देखा परेको स्थानीयवासी कर्णबहादुर वलीले बताए। भखरै फल्न थालेको मकै डाँठ कुहिने रोगले सखाप भएपछि किसान चिन्तित भएका छन् ।

किसानले तुलसीपुरका विभिन्न एग्रोभेटबाट कञ्चन र राजकुमार जातका मकैको बीउ लगाएका थिए । उनले भने, “पर्याप्त उत्पादन हुन्छ भनेर मकैको बीउ लगायौँ, डाठ कुहिने रोगले सखाप पा¥यो ।” स्थानीयवासी प्रवीन केसी, टेकबहादुर वली, शेरबहादुर वलीलगायतले साढे चार बिघा र कर्णबहादुर वलीको एक बिघाको मकैबाली नष्ट भएको छ । रोग लागेपछि मकैको डाँठ कालो हुने र कुहिँदै जान थाल्छ । तुलसीपुर कृषि शाखामा किसानले गुनासो गर्दैआएका छन् । समयमै माटो परीक्षण गरेर मकै लगाउँदा रोगबाट बच्न सकिने शाखा प्रमुख तिलक केसीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?