साफ च्याम्पियनसिपः पहिलाे खेलमा नेपाल पराजित, पाकिस्तान २-१ गाेलले विजयी !
सारांश
- ढाका (बंगलादेश), १९ भदाै ।
- साफ च्याम्पियनसिप २०१८ को पहिलो खेलमा नेपाल पाकिस्तानसँग २-१ गोल अन्तरले पराजित भएकाे छ ।
- खेलको ३४ औं मिनेटमा नेपालले आफ्नो डिबक्सभित्र फल गरेपछि पाकिस्तानले पेनाल्टी पाएको थियो ।
ढाका (बंगलादेश), १९ भदाै । साफ च्याम्पियनसिप २०१८ को पहिलो खेलमा नेपाल पाकिस्तानसँग २-१ गोल अन्तरले पराजित भएकाे छ ।
खेलको ३४ औं मिनेटमा नेपालले आफ्नो डिबक्सभित्र फल गरेपछि पाकिस्तानले पेनाल्टी पाएको थियो । पेनाल्टिमा गाेल भएपछि नेपाललाई बराबरी गाेल गर्न ८२ मिनेट सम्म कुर्नुपर्याे । बिमल घर्तिले गरेकाे गाेल नेपालकाे लागि एकमात्र बन्याे ।
अतिरिक्त समयमा गाेल गरी पाकिस्तानले जित अाफ्नाे पाेल्टामा पार्न सफल भयाे । समूह ‘ए’ मा नेपालसँगै आयोजक राष्ट्र बंगलादेश, पाकिस्तान र भुटान छन् भने समूह ‘बी’ मा भारत, श्रीलंका र माल्दिभ्स छन् । समूह ए कै अर्को खेलमा आयोजक राष्ट्र बंगलादेशले भुटानको सामना गर्दैछ । बंगलादेश र भुटानबीचको खेल स्थानीय समयअनुसार राति ७ बजे सुरु हुनेछ ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Hari Pradhan
दिक्क लाग्यो l