कांग्रेस कहिल्यै हार्दैन, ठूल-ठूला उम्मेदवारले मात्र हारेः प्रधानमन्त्री देउवा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १९, २०७४
|
|
२८ पटक हेरिएको
Shares
कांग्रेस कहिल्यै हार्दैन, ठूल-ठूला उम्मेदवारले मात्र हारेः प्रधानमन्त्री देउवा

सारांश

  • काठमाडौं, माघ १९ ।
  • प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उम्मेद्वारले हारेका मात्र हुन् कांग्रेस पार्टीले कहिल्यै नहार्ने बताएका छन् ।
  • ‘काँग्रेस हारेको छैन र कहिल्यै हार्दैन, सिद्धान्त र आदर्श हार्दैन, पार्टीका उम्मेदवार चाहिँ हारेका छन्, यस सम्बन्धमा छिट्टै नै केन्द्रीय समितिमा छलफल गर्नेेछु,’ उनले भने ।

काठमाडौं, माघ १९ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उम्मेद्वारले हारेका मात्र हुन् कांग्रेस पार्टीले कहिल्यै नहार्ने बताएका छन् ।

‘काँग्रेस हारेको छैन र कहिल्यै हार्दैन, सिद्धान्त र आदर्श हार्दैन, पार्टीका उम्मेदवार चाहिँ हारेका छन्, यस सम्बन्धमा छिट्टै नै केन्द्रीय समितिमा छलफल गर्नेेछु,’ उनले भने ।

नेपाल पर्यटन व्यवसायी संघको बृहत् भेलालाई आज यहाँ सम्बोधन गर्दै सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. रामशरण महत र प्रकाशशरण महतप्रति लक्षित गर्दै ठूल–ठूला नेताले हारेको तर पार्टीले नहारेको बताए ।

उनले सिद्धान्त र आदर्श राम्रो बोकेको पार्टीले निर्वाचनमा नराम्रो पराजय भोगेको उल्लेख गर्दै त्यही सिद्धान्त र विचारलाई व्यापक जनतामाझ लगेर पार्टीलाई अझ बलियो बनाई भविष्यमा कहिल्यै नहार्ने गरी लैजानुपर्ने बताए ।

नेपाल विश्व पर्यटनको आकर्षक गन्तव्य
प्रधानमन्त्री देउवाले नेपाल विश्व पर्यटनको आकर्षक गन्तव्य भएको समेत बताएका छन् ।

उनले सर्वोच्च शिखर सगरमाथा, भगवान् गौतमबुद्धको जन्मस्थल तथा भौगोलिक विविधतायुक्त नेपाल विश्व पर्यटनका लागि आकर्षक गन्तव्य भएको बताए ।

‘नेपाल विश्वकै रमणीय र सुन्दर देश हो, मैले यति सुन्दर देश कहीँ पनि देखेको छैन, यस्तो सुन्दर देशमा पर्यटकको आकर्षण बढ्ने कुरा स्वभाविक हो,’ प्रधानमन्त्री देउवाले भने – ‘पर्यटक नेपाल आउन चाहन्छन् र आइरहेका पनि छन् तर अझै पर्यटकलाई दिनुपर्ने सुविधा अपुग छ, खर्चालु पर्यटकका लागि राम्रो बास र सुविधा दिनसके अझै पर्यटक बढ्छन् ।’

उनले नेपाल जस्तो सुन्दर देशमा जतिसक्दो बढी पर्यटकलाई आकर्षण गर्नसके त्यति नै विदेशी मुद्रा भित्रिने बताउँदैै पर्यटकको स्वागत, सत्कार र गुणस्तरीय सेवालाई व्यवसायीले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘म चौध वर्ष जेल बसेको मान्छे हुँ, झुकेर सानो कागजमा हस्ताक्षर गरेको भए चाँडै छुट्थेँ, झुकिनँ, छुटिनँ,’: प्रधानमन्त्री केपी शर्मा ओली
फैसला कार्यान्वयनमा समस्या
फैसला कार्यान्वयनमा समस्या
चालकसँग एक मिनेट यात्रुसँग दुई मिनेट : ट्राफिक प्रहरी
चालकसँग एक मिनेट यात्रुसँग दुई मिनेट : ट्राफिक प्रहरी
जित्नैपर्ने दबाबबीच क्यानडासँग खेल्दै नेपाल
जित्नैपर्ने दबाबबीच क्यानडासँग खेल्दै नेपाल
इरानमा ‘गोही’ लाई फाँसी
इरानमा ‘गोही’ लाई फाँसी
बाढीले भत्काएका संरचनाको सेनाद्वारा पुनःनिर्माण शुरु
बाढीले भत्काएका संरचनाको सेनाद्वारा पुनःनिर्माण शुरु
आर्थिक संकट उन्मुख भएपछि राष्ट्रबैंकद्वारा यस्तो निर्देशन
चुनावी हारमा एमालेको समीक्षाः बामपन्थीसँग मिलेर अघि बढ्न नेतृत्वलाई सुझाव
चुनावी हारमा एमालेको समीक्षाः बामपन्थीसँग मिलेर अघि बढ्न नेतृत्वलाई सुझाव
कांग्रेस नेता निधिद्वारा केन्द्रीय समितिको सम्मानमा मैत्रीपूर्ण रात्रिभोज आयोजना
कांग्रेस नेता निधिद्वारा केन्द्रीय समितिको सम्मानमा मैत्रीपूर्ण रात्रिभोज आयोजना
फूल फुल्ने ३१२ प्रजातिका वनस्पति नेपालमा मात्र पाइने
फूल फुल्ने ३१२ प्रजातिका वनस्पति नेपालमा मात्र पाइने

तपाईंले छुटाउनुभयो कि?