लमजुङमा मतदाता शिक्षा कार्यक्रम प्रभावित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १६, २०७४
|
|
२२ पटक हेरिएको
Shares
लमजुङमा मतदाता शिक्षा कार्यक्रम प्रभावित

सारांश

  • बेँसीशहर, लमजुङ, १६ कात्तिक   मतपत्र विवादले लमजुङमा मतदाता शिक्षा कार्यक्रम प्रभावित भएको छ ।
  • निर्वाचन आयोगबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षतर्फको निर्वाचनका निम्ति छुट्टाछुट्टै मतपत्र छाप्ने विषयमा विवाद लम्बिँदा जिल्लामा मतदाता शिक्षा कार्यक्रम प्रभावित भएको हो ।
  • जिल्ला निर्वाचन कार्यालयको तालिकाअनुसार कात्तिक १५ सम्म स्वयंसेवकलाई प्रशिक्षण दिई १६ गतेबाट स्थानीय समुदायमा पठाउने तयारी थियो तर मतपत्रको ढाँचा नै तय नभएकाले प्रशिक्षण कार्यक्रम गर्न नसकिएको प्रशिक्षक नवराज अधिकारीले बताउनुभयो ।

बेँसीशहर, लमजुङ, १६ कात्तिक   मतपत्र विवादले लमजुङमा मतदाता शिक्षा कार्यक्रम प्रभावित भएको छ ।

निर्वाचन आयोगबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षतर्फको निर्वाचनका निम्ति छुट्टाछुट्टै मतपत्र छाप्ने विषयमा विवाद लम्बिँदा जिल्लामा मतदाता शिक्षा कार्यक्रम प्रभावित भएको हो ।

जिल्ला निर्वाचन कार्यालयको तालिकाअनुसार कात्तिक १५ सम्म स्वयंसेवकलाई प्रशिक्षण दिई १६ गतेबाट स्थानीय समुदायमा पठाउने तयारी थियो तर मतपत्रको ढाँचा नै तय नभएकाले प्रशिक्षण कार्यक्रम गर्न नसकिएको प्रशिक्षक नवराज अधिकारीले बताउनुभयो ।

“मुख्य सिकाउने मतदान कसरी गर्ने भन्ने हो”, प्रशिक्षक अधिकारीले भन्नुभयो, “मतपत्र नै निर्णायक नभएकाले तय गरिएको कार्यक्रम पनि पछि सारिएको हो ।”

जिल्लामा १६५ जना मतदाता शिक्षा स्वयंसेवक छनोट गरिएको छ । मतपत्रमा दुविधा भएकाले मतदाता स्वयंसेवकलाई प्रशिक्षण दिएर गाउँ पठाउन नसकिएको जिल्ला निर्वाचन अधिकारी तुलसीप्रसाद तिमिल्सेनाले बताउनुभयो ।

“जिल्लामा सिकाएर स्वयंसेवकलाई गाउँमा पठाउने हो”, उहाँले भन्नुभयो, “स्वयंसेवकलाई के सिकाउने भन्ने निक्र्योल नभएर कार्यक्रम नै पछि सारिएको छ ।”

निर्वाचन आयोगले मतपत्रको नमूना निर्णय गरेसँगै तत्कालै मतदाता शिक्षा शुरु गरिने निर्वाचन अधिकारी तिमिल्सेनाले बताउनुभयो ।

जिल्लाभित्र १६५ मतदान केन्द्र रहेकामा साविकका गाविसमा कार्यरत सामाजिक परिचालक, बाल विकास केन्द्रका शिक्षक र महिला स्वास्थ्य स्वयंसेवकलाई मतदाता शिक्षा स्वयंसेवक छनोट गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?