प्रदेश नम्बर १ को राजधानीका लागि उपयुक्त शहर कुन ?
सारांश
- एउटा अध्ययनले प्रदेश नम्बर १ को राजधानी धनकुटा उपयुक्त हुने देखाएको छ ।
- पूर्वका मुख्य चार शहरले संघीय राजधानी दावी गर्दै आएकामा भौतिक संरचनाको अबस्था अध्ययन गर्दा धनकुटा उपयुक्त हुने देखिएको हो ।
- प्रदेशको अस्थायी राजधानीको लागि विराटनगर, धरान, इटहरी र धनकुटा चर्चामा छन् ।
एउटा अध्ययनले प्रदेश नम्बर १ को राजधानी धनकुटा उपयुक्त हुने देखाएको छ । पूर्वका मुख्य चार शहरले संघीय राजधानी दावी गर्दै आएकामा भौतिक संरचनाको अबस्था अध्ययन गर्दा धनकुटा उपयुक्त हुने देखिएको हो । प्रदेशको अस्थायी राजधानीको लागि विराटनगर, धरान, इटहरी र धनकुटा चर्चामा छन् ।
शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनकुटा र बिराटनगरले चार वटै शहरका सरकारी भौतिक संरचनाको अध्ययन गर्दा धनकुटा उपयुक्त हुने देखिएको हो । अध्ययनले प्रादेशिक राजधानीका लागि पर्याप्त भौतिक संरचना र कम खर्चिलो हुने भएकाले धनकुटा उपयुक्त हुने देखाएको अध्ययनमा संलग्न शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनकुटाका प्रमुख राजेन्द्र खतिवडाले बताए । अध्ययन प्रतिवेदन शहरी विकास मन्त्रालय पठाइएको छ ।
१५ करोड २५ लाख खर्च गरे राजधानी बस्ने
मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय, मुख्य मन्त्रीको कार्यालय, प्रदेशसभा, आवास लागयतका लागि धनकुटाका १५ वटा सरकारी भवनको नाम केन्द्रमा पठाएको खतिवडाले जानकारी दिए । प्रदेशको अस्थायी राजधानी धनकुटामा राख्दा तत्कालका लागि अनुमानित ५ करोड २५ लाख रुपैयाँ खर्च लाग्ने देखिएको छ । पर्याप्त भौतिक संरचना विद्यमान रहेकाले हालका लागि बाउन्ड्री पर्खाल, रंगरोगन र मर्मतसंभार मात्र गर्दा धनकुटामा राजधानी बसाउन सकिने देखिएको हो ।
विराटनगरमा राजधानी राख्दा तत्काल साढे २१ करोड खर्च लाग्ने
बिराटनगरमा प्रदेश राजधानी बसाउँदा धनकुटामा भन्दा चार गुणा बढी खर्च लाग्ने देखिएको छ । बिराटनगरका ११ वटा सरकारी भवन प्रदेश कार्यालयका लागि सिफारिस गरिएको छ । ती भवन मर्मतमा करिब २१ करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको डिभिजन कार्यालय विराटनगरका सूचना अधिकारी विनोद सिंहले जानकारी दिए । उनले भने, ‘शहरी विकास मन्त्रालयले पत्र पठाएपछि हामीले इटहरी र धरानमा पनि भौतिक संरचनाको अध्ययन ग¥यौं । तर, त्यहाँ आवश्यक भौतिक संरचना भेटिएन ।’
अस्थायी राजधानीका लागि ७ देखि १० वटा मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय, मुख्य मन्त्रीको कार्यालय, प्रदेशसभा लगायत कम्तिमा १५ वटा भवन आवश्यक पर्ने देखिएको छ । तर, इटहरीमा ५ वटा र धरानमा ६ वटा मात्र उपयुक्त भवन भेटिएको डिभिजन कार्यालय बिराटनगरले जनाएको छ । इटहरी र धरानमा पर्याप्त भौतिक संरचना नहुनु, विराटनगरमा भौतिक संरचना भएर पनि मर्मतमा बढी खर्चिलो हुँदा प्रादेशिक राजधानीका लागि धनकुटा नै उपयुक्त हुने अध्ययनले देखाएको हो ।
धनकुटामा सरकारी भवन धेरै
तीन सय ९१ वटा सरकारी भवन रहेको धनकुटामा राजधानीका लागि केन्द्रमा सिफासिर गरिएका बाहेक पनि स्तरीय सरकारी भवन धेरै रहेका छन् । मन्त्रालय तथा आवासका लागि कोष तथा लेखा नियन्त्रण कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, लोकसेवा आयोगको कार्यालय, सरकारी वकिलको कार्यालय, घरेलु कार्यालय, नगरपालिकाको व्यापारिक भवन लगायत २० भन्दा बढी उपयुक्त भवन छन् ।
वि.सं. १९४० देखि प्रशासनिक गौंडा हुँदै यस अघि पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम समेत रहेको धनकुटालाई प्रादेशिक राजधानी बनाउन हरेक हिसाबले उपयुक्त हुने स्थानीयबासी बताउँछन् । राजधानी बनाउन खर्च कम लाग्ने, ४८ हजार ६ सय रोपनी सरकारी जग्गा भएको, प्रदेशका १४ वटै जिल्लाको केन्द्र भागमा रहेको, उपयुक्त हावापानी, मजबुत सुरक्षा व्यावस्था लगायतका कारणले धनकुटालाई प्रादेशिक राजधानी बनाउनुको विकल्प नरहेको एमालेका स्थानीय नेता उठान मादेनले बताए ।
Mohan Kayasta
Bhojpur.
Ran Kunwar Kunwar
Dhankuta
Acharya Sd
भाेजपुर त सेन्टर रहेछ
Unik Bi Sta
१३thum
Shy Milan Rai
bhojpur
Nima Mingma Tamang
Vojpur
Asmuka Bhandari
bhojpur
Bob Rayamajhi
भोजपुरी रहेछ
Sanjayghising Tamang
Solukhumbu namche bazar
Milan Rai
Bhojpur
Kanxa Asdhoj
Dhankuta
Kapil Bhatta
Dhankuta
Rajesh Rai
Bhojpur
Bhattarai Bhawani Prasad
सबैलाइ पायक पर्ने धनकुटा नै हो !
Rajan Acharya
Khotang ho
Sureendra Raaz Pathak
Bhojpur
Rohit Katwal
Okhaldhunga
Raj Kumar Regmi
भोजपुर हुनुपर्छ, सबैलाई पाएक पर्दोरहेछ ।
Chandra Dhakal
धनकुटा
Ram Lal
लखनउ यात दिल्ली को चाहान नेता हरूको पूरा हूदै
BI Neupane
यसमा छैन ! प्रदेश नम्बर १ को राजधानी बिराटनगर हो ।
Nanda Limbu
इटहरि
Thimrahang Rai
Dhankuta upayukta xa natra vaye sankhuwasava chainpur
Sumba Vir Nubba
ईटहरी।
Karan Bista
Bhajpur
Nabin Oli
धनकुटा
Antesh Baral
Dharan there is no doubt from all perspective view
Baburam Adhikari
छेत्र नम्बर १ को चित्र हेर्दा भोज्पुर ठिक होला जस्तो छ
Hem Nutan Rai
Solu khumbu thik xa
Laxman Dc
धरान उपयुक्त ठाउँ हो भोजपुर क्षेत्रफल को आधारमा सेन्टर हो तर यी दुबै लालकिल्लाको नाममा वामको कमाउ सेन्टर हो सरकारी पहलमा खासै बिकास भएको छैन भोजपुर लाकिल्ला भएर होला सदरमुकाम जोडने मौसमी सडक कालोपत्रे सडकको सपना नदेख्ने वाम नेता जनता उसैमा रमाउछन छिमेकी जिल्ला खोटाङ संङखुवासभा मा सडक कालोपत्रे छदैछ के को चिन्ता धरानको कुरा नगरौ महङ्गी भोजपुर संङखुवा सभा बराबर छ लालकिल्ला भएरपो होकि तर यसपालि बिकल्प तयार हुदैछ ।