सिद्धबाबा अदालतमा हाजिर हुँदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २०, २०७६
|
|
२४ पटक हेरिएको
Shares
सिद्धबाबा अदालतमा हाजिर हुँदै

सारांश

  • विराटनगर, १ माघ ।
  • बलात्कारको अभियोग लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी आज अदालतमा हाजिर हुने भएका छन् ।
  • उनी भारतबाट फर्केर अदालतमा हाजिर हुन लागेको सहयोगी भरत सापकोटाले रिपोर्टर्स नेपाललाई जानकारी दिएका छन् ।

विराटनगर, १ माघ । बलात्कारको अभियोग लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी आज अदालतमा हाजिर हुने भएका छन् । उनी भारतबाट फर्केर अदालतमा हाजिर हुन लागेको सहयोगी भरत सापकोटाले रिपोर्टर्स नेपाललाई जानकारी दिएका छन् ।

सापकोटाले भने, ‘सिद्धबाबा उपचारका लागि जानुभएको थियो र अदालतको म्याद अगावै हाजिर हुँदै हुनुहुन्छ ।’ अदालतमा भोलिसम्म हाजिर हुने म्याद थियो । चतराधामका सिद्धबाबाका समर्थकहरु अदालतमा हाजिर हुनुअघि पुगिसकेका छन् ।

यसअघि उच्च अदालत विराटनगरको थुनामा राख्ने फैसला आउनुअघि सिद्धबाबा ९ माघमा भारततर्फ लागेका थिए । उनको निगरानीका लागि राखिएको सुरक्षाकर्मीलाई छाडेर जोगवनी हुँदै वेपत्ता भएका थिए । उनी वेपत्ता भएकै दिन उच्च अदालत विराटनगरले जिल्ला अदालत सुनसरीको धरौटीमा रिहा गर्न गरेको फैसला उल्टाउँदै र्पुपक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

अनुयायीमाथि ४ कात्तिकमा सुनसरीको चतरास्थित आश्रममै बलात्कार गरेको अभियोग लगाइएको छ । दुई बालककी आमा ती महिलाले गिरीमाथि आरोप लगाएपछि उनी संकटमा परेका थिए । महिलाले गिरीमाथि गत पौष महिनामा किटानी जाहेरी दिएकी थिइन् ।

बलात्कारको अभियोग लागेका गिरीलाई धरौटीमा छाड्ने सुनसरी जिल्ला अदालतको फैसला उच्च अदालत विराटनगरले बदर गरिदिएको थियो। ९ माघमा मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र प्रेमराज कार्कीको संयुक्त इजलासले जिल्ला अदालतको आदेश बदर गरी र्पुपक्षका लागि थुनामा राख्ने फैसला गर्यो ।

सिद्धबाबाले आफूलाई एक महिलाले नियोजित रुपमा फसाउन खोजेको दाबी गर्दै आएका छन् । उनले आफू ब्रम्हचारी भएको र महिलाप्रति उच्च सम्मान गर्ने बताएका छन् । तर, बलात्कारको आरोप लगाउने महिलाले सिद्धबाबाले आफूमाथि कात्तिक ४ गते आश्रममै बलात्कार गरेको आरोप लगाएर सजाय दिलाएरै छाड्ने बताएकी छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गर्जिन्छ अनि झुक्छ, कहाँ कहाँ झुक्यो सरकार
गर्जिन्छ अनि झुक्छ, कहाँ कहाँ झुक्यो सरकार
काठमाडौं उपत्यकालगायत देशभर भारी वर्षा, नदीहरु खतरनाक बन्दै
काठमाडौं उपत्यकालगायत देशभर भारी वर्षा, नदीहरु खतरनाक बन्दै
सर्वोच्चको फैसला : नागरिकता प्रकरणमा लामिछाने ठोषी ठहर, गृहमन्त्री र सांसद दुवै पद गयो
सर्वोच्चको फैसला : नागरिकता प्रकरणमा लामिछाने ठोषी ठहर, गृहमन्त्री र सांसद दुवै पद गयो
अल्बानी मधेशी समाजले न्युयोर्कमा छठकाे अायाेजना गर्ने
अल्बानी मधेशी समाजले न्युयोर्कमा छठकाे अायाेजना गर्ने
प्रधानमन्त्री प्रचण्डलाई प्रविन काफ्लेको चिट्ठी
प्रधानमन्त्री प्रचण्डलाई प्रविन काफ्लेको चिट्ठी
Meet Bollywood celebrities who are battling serious diseases!
Meet Bollywood celebrities who are battling serious diseases!
गायिका पुनम देभान्सिले लिएर आईन म हु निश्चल कोपिला भन्दै रुवाउने गित (म्युजिक भिडियो)
गायिका पुनम देभान्सिले लिएर आईन म हु निश्चल कोपिला भन्दै रुवाउने गित (म्युजिक भिडियो)
प्रदेशको नाम राख्ने बिषयमा चर्चा,बहस र संबादमा तीब्रता
प्रदेशको नाम राख्ने बिषयमा चर्चा,बहस र संबादमा तीब्रता
श्री एयरले काठमाडौं-पोखरा उडानमा एउटा टिकट खरिद गर्नेलाई अर्को सित्तैमा दिने
श्री एयरले काठमाडौं-पोखरा उडानमा एउटा टिकट खरिद गर्नेलाई अर्को सित्तैमा दिने
विजयनगर भयो खुल्ला दिशा मुक्त क्षेत्र घोषणा
विजयनगर भयो खुल्ला दिशा मुक्त क्षेत्र घोषणा

तपाईंले छुटाउनुभयो कि?