ला लिगामा बार्सिलोना विजयी, सेभिया २–० ले पराजित

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १६, २०७७
|
|
२४ पटक हेरिएको
Shares
ला लिगामा बार्सिलोना विजयी, सेभिया २–० ले पराजित

सारांश

  • स्पेनिस लिग फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सेभियालाई २–० ले हराएको छ ।
  • सेभियाको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र ओस्माने डेम्बेलेले एक एक गोल गरे ।
  • जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

स्पेनिस लिग फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सेभियालाई २–० ले हराएको छ । सेभियाको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र ओस्माने डेम्बेलेले एक एक गोल गरे ।

जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले २५ खेलबाट ५३ अंक जोडेको छ । दुई खेल कम खेलेको एट्लेटिको मड्रिडको ५५ अंक छ भने २४ खेलबाट ५२ अंक जोडेको रियाल मड्रिड तेस्रो स्थानमा झरेको छ ।

ला–लिगाका अन्य खेलहरुमा ओसासुनाले डेपोर्टीभो आलाभेजलाई १–० ले हराउँदा लेभान्ते र एथ्लेटिक बिल्बाओ तथा आइबार र हुएस्काले एक एक गोलको बराबरी खेलेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?