सुदुरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले दियो सरकार ढाल्ने चेतावनी

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २२, २०७९
|
|
२३ पटक हेरिएको
Shares
सुदुरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले दियो सरकार ढाल्ने चेतावनी

सारांश

  • काठमाडौं ।
  • सुदुरपश्चिमको प्रदेश सरकार मुख्यमन्त्रीले विश्वासको मत लिन नपाउँदै अल्पमतमा परेको छ ।
  • प्रदेशमा भएका दलहरु तितरवितर भएपछि त्यहाँका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई प्रदेशसभाबाट विश्वासको मत लिन समस्या पर्ने देखिएको छ ।

काठमाडौं । सुदुरपश्चिमको प्रदेश सरकार मुख्यमन्त्रीले विश्वासको मत लिन नपाउँदै अल्पमतमा परेको छ । प्रदेशमा भएका दलहरु तितरवितर भएपछि त्यहाँका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई प्रदेशसभाबाट विश्वासको मत लिन समस्या पर्ने देखिएको छ ।

यहाँको मतमा निर्याायक देखिएको नागरिक उन्मुक्ति पार्टी विच्किदै गएपछि मुख्यमन्त्री रावलले विश्वासको मत पाउनेमा संशंसय बढ्दै गएको छ ।

नागरिक उन्मुक्तिले प्रहरीले पक्राउ गरेर जेल पठाएका आफ्ना सांसद अरुणकुमार चौधरीलाई बिनासर्त रिहा नगरे प्रदेश सरकार ढाल्ने चेतावनी दिएको छ ।

चौधरी कैलाली २ बाट संघीय सदनमा निर्वाचित सांसद हुन् । ट्रयाक्टरमा आगजनी गरेको मुद्दामा अदालतबाट दोषी ठहर भई फरार सूचीमा रहेका सांसद चौधरीलाई शुक्रबार कैलाली कारागार चलान गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?