रेलमार्गको ठेक्का प्रकरणमा लालु यादवविरुद्ध भ्रष्टाचार मुद्दा

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ९, २०७५
|
|
६१ पटक हेरिएको
Shares
रेलमार्गको ठेक्का प्रकरणमा लालु यादवविरुद्ध भ्रष्टाचार मुद्दा

सारांश

  • बिहार/एएनआई ।
  • राष्ट्रिय जनता दल (आरजेडी) का अध्यक्ष लालु यादबविरुद्ध ‘द इन्सफोर्समेन्ट डाइरेक्टरेट’ ले रेलमार्ग ठेक्का प्रकरणमा दोषी रहेको दावी गर्दै शुक्रबार आरोप–पत्र दर्ता गरेको छ ।
  • यादव सहित उनकी पत्नी राब्रीदेवी, कान्छा छोरा तेजस्वी यादवसहित १३ जनाविरुद्ध उक्त ठेक्का प्रकरणमा दोषी दावी गर्दै आरोप पत्र दर्ता गरिएको हो ।

बिहार/एएनआई । राष्ट्रिय जनता दल (आरजेडी) का अध्यक्ष लालु यादबविरुद्ध ‘द इन्सफोर्समेन्ट डाइरेक्टरेट’ ले रेलमार्ग ठेक्का प्रकरणमा दोषी रहेको दावी गर्दै शुक्रबार आरोप–पत्र दर्ता गरेको छ ।

यादव सहित उनकी पत्नी राब्रीदेवी, कान्छा छोरा तेजस्वी यादवसहित १३ जनाविरुद्ध उक्त ठेक्का प्रकरणमा दोषी दावी गर्दै आरोप पत्र दर्ता गरिएको हो ।

झारखण्ड उच्च अदालतले पूर्व रेलमन्त्री यादवद्वारा औषधी उपचार धरौटी जमानतका लागि गरेको निवेदनलाई अस्वीकार गरेको केही घण्टामा यो कदम आएको हो । उच्च अदालतले अगस्ट ३० सम्ममा आत्मसमर्पण गर्न आदेश दिएको छ ।

लालुको तर्फबाट वकील रहेका प्रभात कुमारले एएनआईसँग भने, “मुम्बई एसियन हार्ट इन्टिच्युट (एएचआई)मा उपचाररत बिहारका पूर्व मुख्यमन्त्रीसमेत रहेका यादवलाई पहिले अस्पतालबाट फिर्ता ल्याइ ‘राजेन्द्र इन्टिच्युट अफ मेडिकल साइन्सेस’ राँचीमा उपचार गराउनुहुनेछ ।”

यादवको स्वास्थ्यमा समस्या देखिएपछि गत सोमबार एएचआईमा भर्ना गरिएको थियो । उपचारका लागि गत मे महिनामा छ हप्ताका लागि जमानत दिइएको थियो । जसलाई पछि अगस्ट ३० सम्मका लागि थप गरिएको थियो ।

गत बर्ष ९सन् २०१७० को जुलाईमा केन्द्रीय अनुसन्धान विभागले लालु र परिवारविरुद्ध सन् २००४ देखि २००९ सम्म यादव रेलमन्त्री रहेको समयमा आफ्नो पक्षको एक नीजि होटेल कम्पनीको अनुकुलमा निर्णय गरेको आरोपमा भ्रष्टाचार मुद्दा दर्ता गरिएको थियो ।

सिबिआइले उक्त समय भएका विकास, मर्मत र राँची तथा पुरीस्थित बिएनआर होटेलहरू सञ्चालनसम्बन्धी ठेक्कामा अनियमितता गरेको आरोप लगाएको छ ।

(vallartainfo.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनी पकाएर वनाइएको १५ क्विन्टल चिनीमह वरामद , दुई महिला पक्राउ.
चिनी पकाएर वनाइएको १५ क्विन्टल चिनीमह वरामद , दुई महिला पक्राउ.
अत्तरिया धनगढी प्रिमियर लिग (डीपीएल) को फाइनलमा प्रवेश
अत्तरिया धनगढी प्रिमियर लिग (डीपीएल) को फाइनलमा प्रवेश
बुद्धको मूर्ति निर्माणका लागि बेलायतबाट ३० लाख सहयोग
बुद्धको मूर्ति निर्माणका लागि बेलायतबाट ३० लाख सहयोग
प्रधानमन्त्री ज्यु कोदालो बोकेर खाल्डो मात्र बन्छ, धरहरा बन्दैन !
प्रधानमन्त्री ज्यु कोदालो बोकेर खाल्डो मात्र बन्छ, धरहरा बन्दैन !
मिडियालाई नायिका वर्षाद्वयको मुखभरिको जवाफ
मिडियालाई नायिका वर्षाद्वयको मुखभरिको जवाफ
ललिता निवास प्रकरणमा प्रहरीद्वारा थप तीन जना प्रकाउ
ललिता निवास प्रकरणमा प्रहरीद्वारा थप तीन जना प्रकाउ
अख्तियारले कमजोर अनुसन्धान गर्‍यो ? कहाँ गयो ११ अर्ब ?
अख्तियारले कमजोर अनुसन्धान गर्‍यो ? कहाँ गयो ११ अर्ब ?
मन्त्री चुमानद्वारा प्रदेश निर्वाचन क्षेत्रको बजेट बाँडफाँट
मन्त्री चुमानद्वारा प्रदेश निर्वाचन क्षेत्रको बजेट बाँडफाँट
पुरुष भलिबलमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो स्वर्ण
पुरुष भलिबलमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो स्वर्ण
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाद्वारा बकर इदको शुभकामना व्यक्त
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाद्वारा बकर इदको शुभकामना व्यक्त