विश्वकप फुटबल: घानासँग दक्षिण कोरिया ३-२ गोल अन्तरले पराजित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १३, २०७९
|
|
२४ पटक हेरिएको
Shares
विश्वकप फुटबल: घानासँग दक्षिण कोरिया ३-२ गोल अन्तरले पराजित

सारांश

  • काठमाडाैं।
  • कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘एच’को खेलमा घाना दक्षिण कोरियालाई पराजित गर्दै विजयी भएको छ।
  • कतारको एजुकेसन सिटी स्टेडियममा भएको खेलमा घाना दक्षिण कोरियालाई ३-२ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो।

काठमाडाैं। कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘एच’को खेलमा घाना दक्षिण कोरियालाई पराजित गर्दै विजयी भएको छ। कतारको एजुकेसन सिटी स्टेडियममा भएको खेलमा घाना दक्षिण कोरियालाई ३-२ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो।

खेलको २४औँ मिनेटमा मोहमद सालिसुले गोल गर्दै घानालाई सुरुआती अग्रता दिलाए। त्यस्तै खेलको ३४औँ मिनेटमा घानाका अर्का खेलाडी मोहमद कुडुसले गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाए।

कोरियाका लागि चो गी सुङ्गले दुई गोल गरे। उनले खेलको ५८औँ र ६१औँ मिनेटमा दुई गोल गरे। त्यस्तै खेलको ६८औँ मिनेटमा घानाका मोहमद कुडुसले व्यक्तिगत दोस्रो गोल गरे भने आफ्नो टोलीको जितसमेत सुनिश्चित गरे।

यस जितसँगै समूह ‘एच’ मा रहेको घानाले तीन अङ्क जोडेको छ । यता हारसँगै दक्षिण कोरिया एक अङ्कका साथ समूहको पुछारमा रहेको छ। घाना पहिलो खेलमा पोर्चुगलसँग ३–२ को अन्तरले पराजित भएको थियो। दक्षिण कोरियाले भने उरुग्वेसँग गोलरहित बराबरी खेलेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२७ वर्षपछि विश्व कपमा श्रीलंकाद्वारा वेष्टइण्डिज पराजित, आविष्का बने हिरो
२७ वर्षपछि विश्व कपमा श्रीलंकाद्वारा वेष्टइण्डिज पराजित, आविष्का बने हिरो
यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ चितवन प्रहरीको चाडपर्व लक्ष्यित सुरक्षा योजना
यस्तो छ चितवन प्रहरीको चाडपर्व लक्ष्यित सुरक्षा योजना
केही घण्टामै डुब्यो फेसबुकको २५ अर्ब डलर
केही घण्टामै डुब्यो फेसबुकको २५ अर्ब डलर
ओली–देउवा अघोषित समिकरण कहिलेसम्म ?
ओली–देउवा अघोषित समिकरण कहिलेसम्म ?
नेकपा  सचिवालयको बैठक: अन्तरिम विधान र नियमावलीलाई अन्तिम रुप दिने
नेकपा सचिवालयको बैठक: अन्तरिम विधान र नियमावलीलाई अन्तिम रुप दिने
प्रतिनिधि विवादका कारण वीरगञ्जमा मतगणना प्रभावित
प्रतिनिधि विवादका कारण वीरगञ्जमा मतगणना प्रभावित
बैंकको ढिलासुस्तीले उखु  किसानले समयमै पाएनन् भुक्तानी
बैंकको ढिलासुस्तीले उखु किसानले समयमै पाएनन् भुक्तानी
गौचन हत्याको योजनाकार समीरमान बस्नेत भारतमा पक्राउ
गौचन हत्याको योजनाकार समीरमान बस्नेत भारतमा पक्राउ
बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई काँग्रेसले पनि दियो विश्वासको मत प्रतिपक्षमा नेमकिपा मात्रै
बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई काँग्रेसले पनि दियो विश्वासको मत प्रतिपक्षमा नेमकिपा मात्रै

तपाईंले छुटाउनुभयो कि?