प्रधानमन्त्री ओलीले गरे, गोबरग्यास प्लान्ट को उद्घाटन
सारांश
- विराटनगर भदौ ५।
- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पहिलो पटक बायो ग्यास पाइप लाइनमार्फत घरघरमा ग्यास आपूर्ति गर्ने कार्यको उद्घाटन गरेका छन,आज उनले बिराटनगरमा घरघरै पुगेर बायोग्यास प्लानटको उद्घाटन गरेका छन्।
- विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौसेवा सदनमा स्थापना गरिएको २०० घन मिटर क्षमताको बायोग्यास प्लान्टबाट निस्केको ग्यास पाइपलाइनबाट पहिलो चरणमा नजिकका ३२ घरमा ग्यास वितरण गरिएको छ ।
विराटनगर भदौ ५।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पहिलो पटक बायो ग्यास पाइप लाइनमार्फत घरघरमा ग्यास आपूर्ति गर्ने कार्यको उद्घाटन गरेका छन,आज उनले बिराटनगरमा घरघरै पुगेर बायोग्यास प्लानटको उद्घाटन गरेका छन्।
विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौसेवा सदनमा स्थापना गरिएको २०० घन मिटर क्षमताको बायोग्यास प्लान्टबाट निस्केको ग्यास पाइपलाइनबाट पहिलो चरणमा नजिकका ३२ घरमा ग्यास वितरण गरिएको छ । अघिल्लो पटकको कार्यकालमा प्रधानमन्त्री ओलीले घरघरमा ग्यास लगिने प्रतिबद्धता व्यक्त गरेका थिय।
सो अवसरमा प्रधानमन्त्री ओलीले सानो क्षमताको भए पनि सो परियोजना नेपाललाई ऊर्जामा आत्मनिर्भरताका साथ समृद्धिको यात्राको थालनी भएको उल्लेख गर्दै यसलाई मुलुकभर विस्तार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “आज यहाँका ३२ घरका जनतालाई काँधमा सिलिण्डर बोकेर हिँड्नुपर्ने अवस्थाको अन्त्य भएको छ । सिलिण्डरको बिदाइ भएको छ । यसलाई अभियानकै रुपमा देशैभर विस्तार गरी ऊर्जामा आत्मनिर्भर बन्नु अबको आवश्यकता हो ।” प्रधानमन्त्रीले उक्त बायोग्यास प्लाण्टको निरीक्षण गर्नाका साथै प्लाण्ट स्थापना गर्न सहयोग पु-याउने विभिन्न सङ्घ संस्थाकाप्रतिनिधिलाई सम्मानपत्र प्रदान गर्नुभयो ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले खाना पकाउने ग्यासको आयात गर्न वर्षमा रु ३८ अर्ब, सवारीसाधन चलाउन डिजेल–पेटोल रु दुई खर्ब र विधुत आयात रु १८ अर्बको गर्नुपरेको तथा यसले रु ११ खर्बको व्यापार घाटा बढाएको तथ्याङ्क प्रस्तुत गर्दै यसलाई कम गर्नका लागि ऊर्जामा आत्मनिर्भर बन्न यस्ता परियोजना निकै उपयोगी हुने धारणा राख्नुभयो ।

गौसेवा सदनका अध्यक्ष शंकरराज अग्रवालले गौशालामा रहेका २०५ गाईको गोबरबाट ग्यास र जैविक मल उत्पादन गरी देशकै नमूना परियोजना निर्माण गर्न पाएकामा खुशी व्यक्त गर्दै आगामी दिनमा यसलाई अझ विस्तार गर्न सरकार, दातृ निकाय र स्थानीय सरकारको सहयोगको अपेक्षा गर्नुभयो ।
विश्व बैंकका राष्ट्रिय प्रबन्धक फेरिस एच हदाद जर्भाेले नेपालको ऊर्जा क्षेत्रमा विश्व बैकले निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । विराटनगर महा नगरपालिकाका प्रमुख भीम पराजुलीले यस किसिमका बायोग्यास परियोजनाले आयातीत इन्धनको निर्भरता कम गर्न सक्ने बताउनुभयो । समारोहमा मन्त्रीद्वय लालबाबु पण्डित र भानुभक्त ढकाल, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश नं १ का मन्त्री तथा सांसदको उपस्थित रहेको थियो।
Regmi Anmol
madarchod gobargas you have to elektrision my bro