सुनको मुल्य ८ सय ले बढ्यो, तोलामा ९५ हजारमा कारोवार

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २५, २०७७
|
|
२२ पटक हेरिएको
Shares
सुनको मुल्य ८ सय ले बढ्यो, तोलामा ९५ हजारमा कारोवार

सारांश

  • नेपाली बजारमा सुनचाँदीको मुल्य केहि दिन यता थपघट भइरहेको छ ।
  • आइतबार सुनचाँदीको मुल्य वृद्धि भएको छ ।
  • आज सुन तोलामा ८ सयले बढेको हो ।

नेपाली बजारमा सुनचाँदीको मुल्य केहि दिन यता थपघट भइरहेको छ । आइतबार सुनचाँदीको मुल्य वृद्धि भएको छ । आज सुन तोलामा ८ सयले बढेको हो ।

आइतबार छापावाला सुन प्रतितोला ९५ हजार ६ सय र तेजाबी सुन प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन तोलामा ९ सय रुपैयाँले वृद्धि भएर प्रतितोला ९४ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मुल्य पनि वृद्धि भएको छ । ४० रुपैयाँले चाँदीको मुल्य वृद्धि भएर प्रतितोला १ हजार २३५ रुपैयाँमा खरिद बिक्रि भएको छ । शुक्रवार चाँदी प्रतितोला ११ सय ९५ रुपैयाँमा कारोवार भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?