पार्टी नै नरहने अवस्था बनेपछि संसद विघटन गर्नु पर्‍यो: ओली

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २६, २०८१
|
|
२६ पटक हेरिएको
Shares
पार्टी नै नरहने अवस्था बनेपछि संसद विघटन गर्नु पर्‍यो: ओली

सारांश

  • काठमाडौं।
  • नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नै नरहने अवस्था बनेपछि आफूले संसद विघटन गरेको दाबी गरेका छन्।
  • एमाले काठमाडौं जिल्ला कमिटीको सातौं अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले आफू नेतृत्वको सरकारले राम्रो काम गरेपछि विपक्षीलाई सरकार बुझाउन पार्टीकै नेताहरु कुदेको र पाटीलाई जोगाउन संसद विघटन गरेको बताएका हुन्।

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नै नरहने अवस्था बनेपछि आफूले संसद विघटन गरेको दाबी गरेका छन्।

एमाले काठमाडौं जिल्ला कमिटीको सातौं अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले आफू नेतृत्वको सरकारले राम्रो काम गरेपछि विपक्षीलाई सरकार बुझाउन पार्टीकै नेताहरु कुदेको र पाटीलाई जोगाउन संसद विघटन गरेको बताएका हुन्।

”कतिपय मान्छेहरु अझै पनि अरु सवै ठिकै थियो पुस ५ गते संसद विघटन चाहि नगरेको भए हुन्थ्यो भन्छन्। पुस ५ विघटन रहर थियो र? हामी प्रमुख पार्टी बनेका थियौं। झन्नै दुइ तिहाइको स्थितिमा हामी पुगेका थियौं। बाहिर शक्तिहरुले पार्टी भित्रै बाट हामीलाई केही गर्न दिएनन्। ‘सरकारले गरेका विकास निर्माणका काम केहि नदेख्ने, आफ्नै दलका मान्छेहरु अदालतमा गएर विपक्षीलाई प्रधानमन्त्री बनाएको छ। अनि आफ्नै कुरा ठूला गरेको छ। त्यतिबेला प्रतिनिधिसभा विघटन नगरेको भए आज हामीले एमाले भन्न पाउँदैनथ्यौं। यो अन्तै लगेर बुझाइसकेको हुन्थ्यो। जसरी दक्षिपन्थी पाउँहरुमा सरकार बुझाइयो एमाले पनि त्यसैगरी बुझाइ सकिएको अवस्था हुन्थ्यो ”, ओलीले संवोधनको क्रममा भने।

ओलीले आफुले नवौ अधिवेशनबाट चुनिएको अध्यक्षले पार्टीलाई ठूलो दल बनाएको सरकारको नेतृत्व गरिरहेर विकासलाई गति दिएको वेला साधारण सदस्यसम्म नरहने गरेर पार्टीबाट निकल्ने काम गरेर तमासा देखाउने काम भएको वताउँदै पार्टीमा रहेका विकृति र विसंगतिहरुलाई पराजित गरिएको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?