भारतीय राजदूत पुरीलाई होटलको गेटमा कस्ले गर्यो हमला

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १४, २०७६
|
|
३८ पटक हेरिएको
Shares
भारतीय राजदूत पुरीलाई होटलको गेटमा कस्ले गर्यो हमला

सारांश

  • काठमाडौं, १४ पौष ।
  • ‘म जब गेटबाट छिर्दै थिए तब ममाथि हमला भयो,’ भारतीय राजदूत मञ्जिव सिंह पुरीले नक्शालस्थित होटल मेरियटमा भने ।
  • उनले हमलाकारीको खुलासा गर्दै गए ।

काठमाडौं, १४ पौष । ‘म जब गेटबाट छिर्दै थिए तब ममाथि हमला भयो,’ भारतीय राजदूत मञ्जिव सिंह पुरीले नक्शालस्थित होटल मेरियटमा भने । उनले हमलाकारीको खुलासा गर्दै गए ।

हमला गर्ने अरु कोही नभएर पत्रकार ऋषि धमला थिए । आफूलाई एक दर्जन संस्थाले बिदाईका लागि नक्शालको होटल मेरियटमा आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै पुरीले भने, ‘ममाथि ऋषि धमलाले हमला गरेका हुन् ।’ उनले धमला कहाँ छन् ? भनेर माइकबाटै बोले । तर, धमला कार्यक्रममा बीचैमा उठेर हिंडिसकेका थिए ।

‘धमला हमला गरेर गइहाल्छन्,’ पुरीले भने । पुरीले धमलाको भनाई उदृत गर्दै भने, ‘एम्बेसेडर आज कमाल भयो, गोरखापत्रले समेत तपाईंको बारेमा राम्रो लेख्यो ।’ पुरीले ठट्टा गर्दै भने, ‘मामला त ठिक छ ?’

राजदूत भई झण्डै तीन वर्ष नेपाल बसेपछि कार्यकाल सकिएर स्वदेश फर्कनु अघि पुरीले घुमाउरो पाराले आफू विवादमुक्त भएर जानलागेकोमा खुशी व्यक्त गरेका थिए । उनलाई आयोजकहरुले पनि विवादमुक्त राजदूतका रुपमा उल्लेख गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?