प्रदेश २ को नाममा मतदान हुँदै, दुई तिहाई कसैको नपुग्ने कारण टुंगो नलाग्ने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ४, २०७६
|
|
२१ पटक हेरिएको
Shares
प्रदेश २ को नाममा मतदान हुँदै, दुई तिहाई कसैको नपुग्ने कारण टुंगो नलाग्ने

सारांश

  • काठमाडौं, ४ चैत्र ।
  • प्रदेश २ को नाम र राजधानीबारे आज मतदान हुँदैछ ।
  • राजधानीबारे सहमति जुटेपनि नामबारे सहमति नबन्दा टुंगो लाग्ने सम्भावना न्यून छ ।

काठमाडौं, ४ चैत्र । प्रदेश २ को नाम र राजधानीबारे आज मतदान हुँदैछ । राजधानीबारे सहमति जुटेपनि नामबारे सहमति नबन्दा टुंगो लाग्ने सम्भावना न्यून छ ।

दुई तिहाई बहुमत आवश्यक पर्ने भएपनि कुनै दलको पनि बहुमत छैन । सत्तारुढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीको बहुमत भएकाले मिलेर सरकार चलाइरहेका छन् । दुवै पार्टी मधेश नाम राख्न सहमत छन् । तर, उनीहरुसँग बहुमत मात्र छ । समाजवादी पार्टीसँग ३० र राजपासँग २५ सिट छ । दुवैको जोड्दा ५५ सिट छ ।

नेपाल कम्युनिस्ट पार्टीको ३२ सिट छ । नेपाली काँग्रेसको १९ र संघीय समाजवादीको एक सिट छ । दुई तिहाई पुग्न कम्तिमा तीनवटा शक्ति एकै ठाउँमा आउनुपर्छ । तर, तीनवटा शक्तिहरुले नामबारे अलग प्रस्ताव गरेका छन् ।

समाजवादी र राजपाले मधेश, नेकपाले जानकी र काँग्रेसले मिथिला भोजपुरा प्रस्ताव गरेका छन् । प्रस्ताव दर्ता भएकाले त्यसबारे मतदान हुन्छ । मतदानमा कसैको पनि दुई तिहाई नपुग्ने सम्भावना देखिएको छ । यसकारण प्रदेशको नाम अझै टुंगो नलाग्ने देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?