सुनसरिमा गाेली चल्याे, एककाे मृत्यु
सारांश
- सुनसरी, ५ मंसिर ।
- सुनसरीको दुहबीमा गोली लागि एक व्यक्तिको ज्यान गएको छ ।
- बुधबार मर्निङ वाकमा निस्किएका बेला स्थानीय इँटा भट्टाका सुपरभाइजर ४४ बर्षिय फिदा हुसेनलाई गोली हानेको र उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुनसरी, ५ मंसिर । सुनसरीको दुहबीमा गोली लागि एक व्यक्तिको ज्यान गएको छ । बुधबार मर्निङ वाकमा निस्किएका बेला स्थानीय इँटा भट्टाका सुपरभाइजर ४४ बर्षिय फिदा हुसेनलाई गोली हानेको र उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई दुहबी–९ नहर क्षेत्रमा गोली हानिएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी ज्ञानेन्द्र फुयाँलले घटनाबारे अनुसन्धान थालिएको जानकारी दिए ।
यसैबीच घटनाको विरोधमा मृतकका परिवार तथा आफन्तले सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । मृतकको शव उनकै घरमा राखिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया