छुवाछूतविरुद्ध पुरोहित र धामीझाँक्री

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २८, २०७६
|
|
३५ पटक हेरिएको
Shares
छुवाछूतविरुद्ध पुरोहित र धामीझाँक्री

सारांश

  • समाजमा विद्यमान जातीय भेदभाव र छुवाछूतविरुद्ध यहाँका धामीझाँक्री तथा पुरोहित एकजुट भएका छन् ।
  • भेरी नगरपालिलाई पूर्णरुपमा छुवाछूतमुक्त अभियानलाई साथ दिन उनीहरुले एकजुट भएका हुन् ।
  • जातीय भेदभाव तथा छुवाछूतविरुद्ध जागरण फैलाएर समृद्ध नगर बनाउने अभियानलाई साथ दिन समेत उनीहरुले सामूहिक प्रतिबद्धता जनाएका छन् ।

समाजमा विद्यमान जातीय भेदभाव र छुवाछूतविरुद्ध यहाँका धामीझाँक्री तथा पुरोहित एकजुट भएका छन् । भेरी नगरपालिलाई पूर्णरुपमा छुवाछूतमुक्त अभियानलाई साथ दिन उनीहरुले एकजुट भएका हुन् । जातीय भेदभाव तथा छुवाछूतविरुद्ध जागरण फैलाएर समृद्ध नगर बनाउने अभियानलाई साथ दिन समेत उनीहरुले सामूहिक प्रतिबद्धता जनाएका छन् । भेरी नगरपालिका–११ का रुपलाल शर्माले भन्नुभयो, “आफूहरु छुवाछूत गर्दैनौँ र समाजमा गर्न पनि दिन्नाँै, यस्तो कुकर्म कसैबाट भए सामूहिक रुपमा प्रतिकार गर्छौं ।”
भेरी नगरपालिका–४ एकदेव शर्माले भन्नुभयो, “आफ्नो घरमा बनाएको मन्दिरमा दलितसँगै सामूहिक रुपमा पूजापाठ गर्न आएको छु, सानो जात र ठूलो जात भन्ने हुँदैन ।”
नगरप्रमुख चन्द्रप्रकाश घर्तीले कुसंस्कारका रुपमा मूल जरो बनेको विभेदलाई हटाउनका लागि धामीझाँक्री तथा पुरोहितहरुको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले भन्नुभयो, “समाजमा देवतालाई अगाडि सारेर नै छुवाछूतजस्तो हुने गरेकोे छ, अब हाम्रो यो सामाजिक अभियानमा धामीझाँक्री तथा पुरोहितले साथ दिनुभएको छ, यो खुशीको कुरा हो ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?