नेपाली वैज्ञानिकले आकाशगंगाको जुम्ल्याहा पत्ता लगाए

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ५, २०७४
|
|
३२ पटक हेरिएको
Shares
नेपाली वैज्ञानिकले आकाशगंगाको जुम्ल्याहा पत्ता लगाए

सारांश

  • मणि दाहाल काठमाड, मंसिर ४ नेपाली वैज्ञानिकले ब्रम्हाणमा आकाशगंगाको जुम्ल्याहा तारापुञ्ज पत्ता लगाएका छन् ।
  • दक्षिण कोरियाको सोलस्थित होन्से विश्वविद्यालका वैज्ञानिक डा.
  • सञ्जय पौडेलले १८ करोड प्रकाश वर्ष टाढा आकाशगंगाको जुम्ल्याहा तारापुञ्ज भेटेका हुन् ।

मणि दाहाल
काठमाड, मंसिर ४
नेपाली वैज्ञानिकले ब्रम्हाणमा आकाशगंगाको जुम्ल्याहा तारापुञ्ज पत्ता लगाएका छन् । दक्षिण कोरियाको सोलस्थित होन्से विश्वविद्यालका वैज्ञानिक डा. सञ्जय पौडेलले १८ करोड प्रकाश वर्ष टाढा आकाशगंगाको जुम्ल्याहा तारापुञ्ज भेटेका हुन् ।
पृथ्वीबाट उत्तरी आकाशमा देखिने अश्लेषा नक्षत्रको दिशामा तारापुञ्जहरूको खोजले अहिले खगोलशास्त्रीबीच छलफल सुरु भएको छ ।
ब्रम्हाण्डमा करिब एक अर्ब तारापुञ्जहरू छन् । जसमा एक आकाशगंगा हो । आकाशगंगा रहेका एक खर्ब तारा मध्य सूर्य एक हो । जसमै पृथ्वी अवस्थित छ ।
आकासगंगा वरिपरि करिब ५० अरु साना तरापुञ्ज छन् । ती मध्ये ‘मजेलानिक क्लाउड’ नामका दुई साना तारापुञ्ज जुम्ल्याहा हुन् । जसलाई पृथ्वीबाट दक्षिण आकाशमा राती नांगो आँखाले पनि देखिन्छ । ब्रम्हाण्डमा आकाशगंगा जस्तो तारापुञ्जहरूको समूह बिरलै हुने गर्छन ।
खगोलशास्त्रीहरूले यसअघि आकाशगंगासँग मेल खाने तारापुञ्ज भेटेका थिएनन् । आकाशगंगा जस्तै अर्को ‘एसजिसी २७१८’ नामको ठूलो तारापुञ्जमा साना आकाशगंगाहरू रहेका छन् । ‘युजिसी ४७०३’ तारापुञ्ज आकाशगंगाका साना तारापुञ्जहरू ‘मजेलानिक क्लाउड’ मेल खान्छ ।
एक प्रकाश वर्ष भन्नाले प्रकाशले अन्तरिक्षमा एक वर्षमा तय गर्ने दूरीलाई जनाइन्छ । प्रकाशले एक सेकेन्डमा तीन लाख किमीको यात्रा गर्छ ।
अमेरिकन एस्ट्रोनोमिकल सोसाइटीको एस्ट्रो फिजिक्स जर्नलको नोभेम्बरको अंकमा पौडेलको अनुसन्धान प्रकाशित भएपछि त्यसलाई विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा समाचार बनेका छन् ।
डा. पौडेल नेतृत्वमा वैज्ञानिकहरूको टोलीले ६ महिनामा लगाएर २० तारापुञ्जको अध्ययन गर्दा आकाशगंगासँग मिल्ने तारापुञ्ज भेटेका हुन् ।
‘यति धेरै तारा पुञ्जहरूको विस्तारमा अध्ययन गर्नु आफैंमा एउटा कठिन प्रयास हो र यस्तो दुर्लभ वस्तु भेट्टाउनु एउटा ठूलो उपलब्धि हो,’ पौडेलले नागरिकसँग फोनमा भने, ‘त्यस्तो खोज्नु भनेको परालको कुन्युमा सियो खोज्नु जस्तै हो ।’ उनले यसबाट आकाशगंगामा मात्रै यो ब्रम्हाणमा फरक प्रकारका तारापुञ्ज होइन भन्ने प्रमाणित भएको बताए ।
यो अध्ययनका लागि उनले भारतको पुनास्थित जिएमआरटी रेडियो टेलिस्कोपबाट प्राप्त गरेको तथ्यहरूको समेत विश्लेषण गरेका छन् ।
‘यो हाम्रो आकाशगंगा जस्तो तारापुञ्जहरूको उत्पति र विकास कसरी भयो भनेर थप अध्ययन गर्न सहयोग पुग्ने विश्वास लिइएको छु,’ पौडेलले भने ।
उनको खोजको बारेमा ‘न्यु साइन्टिस्ट’ पत्रिकामा प्रकाशित गरेको छ । जसमा बेलायतको लिभरपुल जोनमोरेस विश्वविद्यालयका प्राध्यापक फिलिप जेम्स र विश्वविद्यालय एरिजोना टक्सनका प्राध्यापक गुर्टिना बेस्ला नयाँ खोजको प्रसंसा गरेका छन् ।
सिन्धुली भिमानका पौडेलले त्रिभुवन विश्वविद्यालयबाट भौतिकशास्त्रमा स्नातकोत्तर अध्यापन गरेका हुन् । जर्मनी हाइडेलवर्ग विश्वविद्यालयबाट विद्यावारिधी गरेका पौडेलले त्यसपछि केही समय फ्रान्सको सेन्टर फर अटोमिक इनर्जीमा वैज्ञानिकका रूपमा काम गरेका थिए ।
यसअघि उनले साना तारापुञ्जमा ब्ल्याकहोल हुन्छ भन्ने पत्ता लगाएका थिए । त्यसअघि आकाशगंगा जस्तो ठूलो तारापुञ्जमा मात्रै ब्ल्याकहोल हुन्छ भनेर खगोल विज्ञानको अध्ययन हुँदै आएको थियो ।

(नागरिक दैनिकबाट साभार)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Jhapali Bhai

    badhai xa nepali bigyanlai

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?