ब्ल्याक वाटरले गर्यो सांसद श्रेष्ठ र शाक्यलाई सम्मान

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १३, २०७४
|
|
४० पटक हेरिएको
Shares
ब्ल्याक वाटरले गर्यो सांसद श्रेष्ठ र शाक्यलाई सम्मान

सारांश

  • काठमाडौं, पुस १३ ।
  •  काठमाडौं क्षेत्र नम्बर ८ का प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठ र प्रदेश नम्बर ८ क बाट निर्वाचित सांसद रोजश शाक्यलाई युवा व्यवसायीले सम्मान गरेका छन् ।
  • न्यूरोडमा रहेको ब्ल्याक वाटर रेस्ट्रो एन्ड बारका युवा व्यवसायीले बाम गठबन्धनतर्फबाट निर्वाचत सदस्यहरुलाई सम्मान गरेको ब्ल्याक वाटरका अध्यक्ष सुरेश महर्जनले जानकारी दिए ।

काठमाडौं, पुस १३ । काठमाडौं क्षेत्र नम्बर ८ का प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठ र प्रदेश नम्बर ८ क बाट निर्वाचित सांसद रोजश शाक्यलाई युवा व्यवसायीले सम्मान गरेका छन् ।

न्यूरोडमा रहेको ब्ल्याक वाटर रेस्ट्रो एन्ड बारका युवा व्यवसायीले बाम गठबन्धनतर्फबाट निर्वाचत सदस्यहरुलाई सम्मान गरेको ब्ल्याक वाटरका अध्यक्ष सुरेश महर्जनले जानकारी दिए ।

सम्मान ग्रहणपछि बोल्दै श्रेष्ठले अब युवा पलायन रोक्नुपर्ने बताए । उनले भने, ‘देशमै रोजगारी र व्यवसायको उचित प्रवन्ध मिलाउनु आवश्यक छ ।’ ८ नम्बर क्षेत्रलाई पर्यटन विकाश अभियानको रुपमा अघि बढाउने आफ्नो प्रतिवद्धता रहेको उनले बताए ।
भुकम्पबाट क्षतिग्रस्त सम्पदा र निजि घरहरु पुननिर्माणमा उच्च प्राथमिकतामा राखेको उनले सुनाए ।

काडमाडौं प्रदेश नम्बर ८ क बाट निर्वाचित राजेश शाक्यले खाडी मुलुकबाट नेपाली युवालाई स्वदेश फर्काउनुपर्नेमा जोड दिए । उनले भने, ‘अब नेपाली युवाले अरुको देश बनाउने हैन आफ्नै देशको मुहार फेर्नुपर्ने समय आएको छ ।’ सबै युवा एकजुट भएर विकास निर्माणमा लाग्नुपर्ने उनले बताए ।

आफ्नो क्षेत्रमा निर्वाचित सांसदहरुलाई सम्मान गर्न पाउँदा खुसी लागेको ब्ल्याक वाटरका प्रवन्ध निर्देशक अजय श्रेष्ठले बताए । सुरुमा राजधानीको ठमेलमा स्थापना भएको ब्ल्याक वाटरको बोनश्वर र न्यूरोडमा पनि शाखा सञ्चालनमा छ । आफ्नै देशमा केही गर्ने उदेश्यका साथ ब्ल्याक वाटर स्थापना गरेको सञ्चालक टेकलाल श्रेष्ठले बताए । ब्ल्याक वाटरमा ५० भन्दा बढीले रोजगारी पाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पश्चिम सेती आयोजना: थ्री गर्जेजसँग कात्तिक अन्तिम साता लगानी सम्झौताको तयारी
पश्चिम सेती आयोजना: थ्री गर्जेजसँग कात्तिक अन्तिम साता लगानी सम्झौताको तयारी
राराबाट देशवासीलाई सम्बोधन, आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर : प्रधानमन्त्री
राराबाट देशवासीलाई सम्बोधन, आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर : प्रधानमन्त्री
छक्कापञ्ज टिमले दियो दिपाश्रीलाई गाडी उपहार !!
छक्कापञ्ज टिमले दियो दिपाश्रीलाई गाडी उपहार !!
विवाह गर्न नपाएको झोँकमा सामूहिक आत्महत्या…
विवाह गर्न नपाएको झोँकमा सामूहिक आत्महत्या…
विमानस्थलमा ओर्लने बित्तिकै प्रधानमन्त्री ओलीले भने गुठी विधेयक सच्याउँछौँः
विमानस्थलमा ओर्लने बित्तिकै प्रधानमन्त्री ओलीले भने गुठी विधेयक सच्याउँछौँः
कस्तो रहला आज देशभरको मौसम?
कस्तो रहला आज देशभरको मौसम?
उद्धार गरिएका पुष्पा र अञ्जलीलाई प्रकृतिमा छाडियो
उद्धार गरिएका पुष्पा र अञ्जलीलाई प्रकृतिमा छाडियो
सुदूरपश्चिम प्रदेशसभा सभामुखका लागि आज फेरि मतदान हुँदै
सुदूरपश्चिम प्रदेशसभा सभामुखका लागि आज फेरि मतदान हुँदै
कांग्रेसले ४५औँ मेलमिलाप दिवस मनाउँदै
कांग्रेसले ४५औँ मेलमिलाप दिवस मनाउँदै
भित्री बस्त्रको प्रयोग गर्दा ध्यान दिनैपर्छ यी कुरा
भित्री बस्त्रको प्रयोग गर्दा ध्यान दिनैपर्छ यी कुरा