इलाममा ५१ जनाको उम्मेदवारी, लेप्चालाई पत्याएनन् ठूला दलले

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १७, २०७४
|
|
१९ पटक हेरिएको
Shares
इलाममा ५१ जनाको उम्मेदवारी, लेप्चालाई पत्याएनन् ठूला दलले

सारांश

  • १७ कात्तिक, इलाम ।
  • दुई निर्वाचन क्षेत्र रहेको इलाममा १० वटा दलका १८ जनाले प्रतिनिधि सभाका लागि उम्मेद्वारी दर्ता गराएका छन् ।
  • प्रदेशसभा सदस्यका लागि ३३ उम्मेदवार मैदानमा खडा भएका छन् ।

१७ कात्तिक, इलाम । दुई निर्वाचन क्षेत्र रहेको इलाममा १० वटा दलका १८ जनाले प्रतिनिधि सभाका लागि उम्मेद्वारी दर्ता गराएका छन् । प्रदेशसभा सदस्यका लागि ३३ उम्मेदवार मैदानमा खडा भएका छन् । इलाममा प्रदेशसभातर्फ ४ निर्वाचन क्षेत्र छन् ।

प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनबाट पूर्व प्रधानमन्त्री एवं एमाले नेता झलनाथ खनाल र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको उम्मेदवारी परेको छ । खनाल १ र नेम्वाङ २ नम्बर क्षेत्रको उम्मेदवार बनेका हुन् । खनालविरुद्ध कांग्रेसबाट भुपेन्द्र कट्टेलले प्रतिष्पर्धा गर्ने छन् भने नेम्वाङले केशव थापाको सामान गर्ने छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाममा प्रदेश सभातर्फ मात्रै उम्मेदवारी दिएको छ । संघीय समाजवादी फोरम, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, मंगोल अर्गनाइजेशन नेपालले इलामका दुई प्रतिनिधि सभा र ४ वटै प्रदेशमा उम्मेदवार बनाएका छन् । देशभक्त जनगणतान्त्रिक मोर्चा, विवेकशील पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, ग्रीन पार्टी नेपालसँगै केही स्वतन्त्र उम्मेदवारी इलाममा परेको छ ।

लेप्चाको प्रतिनिधित्व नहुने

इलाममा मात्र बसोबास गर्दै आएका लोपोन्मुख लेप्चा जातिको प्रतिनिधित्व गराउन ठूला दल उदासीन देखिएका छन् । इलाममा ५ हजारको हाराहारीमा लेप्चा समूदाय भए पनि कुनै पनि ठूला दलले उम्मेदवार बनाएका छैनन् । यद्यपि, नयाँ शक्तिले मानवीर लेप्चालाई इलाम–१ को उम्मेदवार बनाएको छ ।

अघिल्लो संविधानसभाको निर्वाचनमा लेप्चा जातिबाट नेपाली कांग्रेसका तर्फबाट टीका लेप्चा र एमालेबाट शकुन्तला लेप्चाले प्रतिनिधित्व गर्दै आएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानका पूर्वप्रधानमन्त्री अब्बासी पक्राउ
पाकिस्तानका पूर्वप्रधानमन्त्री अब्बासी पक्राउ
खिल निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्त्ति मिलोस् : रास्वपा सभापति लामिछाने
खिल निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्त्ति मिलोस् : रास्वपा सभापति लामिछाने
नेपालमा आर्थिक सहयोग बढाउन चीन सकारात्मक छ :  उप्रप्रधानमन्त्री श्रेष्ठ
नेपालमा आर्थिक सहयोग बढाउन चीन सकारात्मक छ : उप्रप्रधानमन्त्री श्रेष्ठ
सदनमा प्रतिनिधित्व गर्ने सबै दलको सहमतिमा राष्ट्रपतिको चुनाव हुनुपर्छ
सदनमा प्रतिनिधित्व गर्ने सबै दलको सहमतिमा राष्ट्रपतिको चुनाव हुनुपर्छ
जंगिदै ओलीले भने ‘एमाले कुडा कर्कट जम्मा गर्ने पार्टी होइन’
सरकारले रोशनी शाहीलाई सुरक्षा दियो, प्रहरी सहायक निरीक्षक खटाईयो
सरकारले रोशनी शाहीलाई सुरक्षा दियो, प्रहरी सहायक निरीक्षक खटाईयो
पुटिनद्वारा कानून सुधारको घोषणा, सहयोगका लागि रुसी प्रधानमन्त्रीद्वारा राजीनामा
पुटिनद्वारा कानून सुधारको घोषणा, सहयोगका लागि रुसी प्रधानमन्त्रीद्वारा राजीनामा
यौनशक्ति बढाउन सर्पको मासु : यस्तो छ चमत्कारीक काम !
यौनशक्ति बढाउन सर्पको मासु : यस्तो छ चमत्कारीक काम !
पूर्व सचिव कार्कीकी श्रीमतीको हत्या प्रयास, कामदार मृत फेला
पूर्व सचिव कार्कीकी श्रीमतीको हत्या प्रयास, कामदार मृत फेला
नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश
नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

तपाईंले छुटाउनुभयो कि?