प्रहरीद्वारा २२ हजार दरबन्दी थप्न माग

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १०, २०७६
|
|
२७ पटक हेरिएको
Shares
प्रहरीद्वारा २२ हजार दरबन्दी थप्न माग

सारांश

  • काठमाडौं १० बैशाख ।
  • विभिन्न जिल्लाबाट मागअनुसार प्रहरी कार्यालय स्थापनाका लागि नेपाल प्रहरीले २२ हजारभन्दा धेरै दरबन्दी माग गरेको छ ।
  • सात सय ५० नयाँ कार्यालय स्थापना र चार सय ४२ कार्यालय स्तरोन्नतिका लाथि थप जनशक्ति आवश्यक भएको प्रहरीले जनाएको छ ।

काठमाडौं १० बैशाख । विभिन्न जिल्लाबाट मागअनुसार प्रहरी कार्यालय स्थापनाका लागि नेपाल प्रहरीले २२ हजारभन्दा धेरै दरबन्दी माग गरेको छ । सात सय ५० नयाँ कार्यालय स्थापना र चार सय ४२ कार्यालय स्तरोन्नतिका लाथि थप जनशक्ति आवश्यक भएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीका अनुसार तत्कालका लागि २२ हजार ४ सय १८ दरबन्दी आवश्यक छ । ‘यसमध्ये केही दरबन्दी थप हुने क्रममा छ,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने । नयाँ दरबन्दीसँगै त्यसका लागि आवश्यक ब्यारेक, सञ्चार सेट तथा सवारीसाधनसमेत आवश्यकता रहेको उनको भनाइ छ । नयाँ पत्रिका

(editorialrm.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?