नागरिक उड्डयन प्राधिकरणद्वारा महानगर प्रमुख साहलाई स्पष्टीकरण

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १, २०८०
|
|
३६ पटक हेरिएको
Shares
नागरिक उड्डयन प्राधिकरणद्वारा महानगर प्रमुख साहलाई स्पष्टीकरण

सारांश

  • काठमाडौँ ।
  • नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहलाई सातदिने स्पष्टीकरण सोधेको छ ।
  • प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको आफ्नो स्वामित्वमा रहेको जग्गामा लगाएको तारबार महानगरका प्रमुख साहको निर्देशनमा बिहीबार भत्काएपछि आज प्राधिकरणले उनलाई सातदिने लिखित स्पष्टीकरण सोधेको हो ।

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहलाई सातदिने स्पष्टीकरण सोधेको छ ।

प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको आफ्नो स्वामित्वमा रहेको जग्गामा लगाएको तारबार महानगरका प्रमुख साहको निर्देशनमा बिहीबार भत्काएपछि आज प्राधिकरणले उनलाई सातदिने लिखित स्पष्टीकरण सोधेको हो ।

स्पष्टीकरणमा भनिएको छ, “काठमाडौँ महानगरपालिका–९ स्थित नक्सा सिट नं १०२–११४७–१५, किनं ३० को जग्गा यस प्राधिकरणले तारबार लगाई ऐनको दफा ७ बमोजिम नियमित गरिराखेको विमानस्थल क्षेत्र हो, उक्त क्षेत्रमा नगर प्रहरी राजु पाण्डेसमेतले प्राधिकरणलाई सूचना नदिई अन्य नगर प्रहरीलाई आदेश दिई मिति २०८०/२/३२ मा फिनिसिङ तारबार काट्न लाग्दा नगर प्रमुखको आदेशबमोजिम यस्तो कार्य गरेको र उतै सोध्नु भनी जवाफ दिएकाले सो तारबार र फिनिसिङ काटी लैजाने कार्यमा तपाईंको समेत प्रत्यक्ष संलग्नता देखिएको हुँदा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ७ को कसुरमा पत्र प्राप्त भएको मितिले सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न हुन प्राधिकरणको मिति २०८०/२/३२ को निर्णयानुसार जानकारी गराइन्छ ।”

यसैगरी प्राधिकरणले म्यादभित्र लिखित स्पष्टीकरण पेस नगरेमा कानूनबमोजिम कारबाही गर्ने चेतावनीसमेत दिएको छ । प्राधिकरणले साहलाई सोधेको स्पष्टीकरणको बोधार्थ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरणका अध्यक्षलाई दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?