बाल सञ्जालका १४ बुँदे माग
सारांश
- राजविराज, ३ फागुन, पटक पटक माग सम्बोधनका लागि दबाब दिएपनि राजविराज नगर बाल सञ्जालले आफूहरुले राखेको १४ बुँदे माग अविलम्ब सम्बोधन नगरे आफूहरु आन्दोलनमा जाने बताएका छन् ।
- सञ्जालले नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सभाकक्षमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी आफूहरुका माग १० दिनभित्र सम्बोधन गर्न माग गरेका हुन् ।
- सञ्जालका अध्यक्ष जकाउल्लाहले कुनै पनि बन्द हड्तालमा विद्यालय बन्द नहुनुपर्ने, देशैभरिका शिक्षकको प्रमाणपत्र जाँच हुनुपर्ने र नक्कली पाएमा कार्वाही हुनुपर्ने, कक्षा १२ सम्मका रजिस्ट्रेशन फर्म, परीक्षा फर्म र प्राक्टिकल फर्म निःशुल्क हुनुपर्ने, एक कक्षा उत्तीर्ण गरी अर्को कक्षामा जानका लागि पुनः भर्नाको शुल्क नहुनुपर्ने सञ्जालको माग रहेको बताउनुभयो ।
राजविराज, ३ फागुन, पटक पटक माग सम्बोधनका लागि दबाब दिएपनि राजविराज नगर बाल सञ्जालले आफूहरुले राखेको १४ बुँदे माग अविलम्ब सम्बोधन नगरे आफूहरु आन्दोलनमा जाने बताएका छन् ।
सञ्जालले नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सभाकक्षमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी आफूहरुका माग १० दिनभित्र सम्बोधन गर्न माग गरेका हुन् ।
सञ्जालका अध्यक्ष जकाउल्लाहले कुनै पनि बन्द हड्तालमा विद्यालय बन्द नहुनुपर्ने, देशैभरिका शिक्षकको प्रमाणपत्र जाँच हुनुपर्ने र नक्कली पाएमा कार्वाही हुनुपर्ने, कक्षा १२ सम्मका रजिस्ट्रेशन फर्म, परीक्षा फर्म र प्राक्टिकल फर्म निःशुल्क हुनुपर्ने, एक कक्षा उत्तीर्ण गरी अर्को कक्षामा जानका लागि पुनः भर्नाको शुल्क नहुनुपर्ने सञ्जालको माग रहेको बताउनुभयो ।
हरेक सरकारी विद्यालयमा वैशाख २५ गतेभित्र किताब पु¥याउनुपर्ने, सरकारले शिक्षालाई पहिलो प्राथमिकतामा राखी गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने, विद्यालयबाट टाढा रहेका बालबालिकालाई विद्यालयमा ल्याउन पहल गर्नुपर्ने, पठनपाठन र पाठ्यपुस्तकको विषयमा नियमित अनुगमन एवम् व्यवस्थापन हुुनुपर्ने माग सञ्जालले अघि सारेको छ ।
निजी कम्पनीले विद्यालयमा आफ्नो किताब लगाउने नाममा भइरहेको चलखेलबारे जाँच तथा कार्वाही हुनुपर्ने, मदरसालाई अन्य सरकारी विद्यालयसरह सेवासुविधा उपलब्ध गराउनुपर्ने, चाडपर्वको बीचमा परीक्षा सञ्चालन नगर्नुपर्ने र किताबको मनपरी मूल्यसूची राख्ने प्रवृत्ति अन्त्य गरी उचित मूल्य निर्धारण हुनुपर्ने माग सञ्जालले अघि सारेको पत्रकार सम्मेलनमा अध्यक्ष जकाउल्लाहले जानकारी दिनुभयो ।
आफूहरुले विगतमा १४ बुँदे माग राख्दै रिले अनशनसमेत गरेको तथा प्रजिअमार्फत जेठ २५ गते प्रधानमन्त्री र शिक्षामन्त्रीलाई ज्ञापन पत्र पठाउँदा पनि सुनुवाइ नभएको उहाँले गुनासो गर्नुभयो ।
आन्दोलनका क्रममा शिक्षा अधिकारी दोलराज पाण्डे, राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले समेत मागहरु पूरा गराउन पहल गर्ने प्रतिबद्धता गरेपनि हालसम्म पूरा नभएकाले १० दिने अल्टिमेटमसहित आफूहरुले सम्बन्धित सरोकारवाला निकायलाई जानकारी गरेको पत्रकार सम्मेलनमा सहभागी बाल क्लबका पदाधिकारीहरुले बताएका छन् ।
प्रतिक्रिया