काठमाडौं – हेटौंडा सुरुङमार्ग अलपत्र

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ७, २०७३
|
|
२६८ पटक हेरिएको
Shares
काठमाडौं – हेटौंडा सुरुङमार्ग अलपत्र

सारांश

  • समयमै योजना कार्यान्वयनमा आएको भए काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङमार्गमा यतिवेला गाडी गुडिसकेको हुन्थ्यो ।
  • तर, निर्माण कम्पनीले पाँच वर्षसम्म पनि लगानी जुटाउन नसकेपछि सुरुङमार्ग निर्माण कार्य अघि बढ्न सकेको छैन ।
  • नेपाल पूर्वाधार विकास कम्पनीले सुरुङमार्ग निर्माणको जिम्मा लिएको खबर आजको नयाँ पत्रिकामा छ ।

समयमै योजना कार्यान्वयनमा आएको भए काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङमार्गमा यतिवेला गाडी गुडिसकेको हुन्थ्यो । तर, निर्माण कम्पनीले पाँच वर्षसम्म पनि लगानी जुटाउन नसकेपछि सुरुङमार्ग निर्माण कार्य अघि बढ्न सकेको छैन । नेपाल पूर्वाधार विकास कम्पनीले सुरुङमार्ग निर्माणको जिम्मा लिएको खबर आजको नयाँ पत्रिकामा छ ।

सन् २०१२ मा सरकारसँग भएको सम्झौताअनुसार कम्पनीले १ जनवरी ०१७ मै सुरुङमार्ग निर्माण सम्पन्न गर्नुपर्ने थियो । कम्पनीले पाँच वर्षमा सुरुङमार्ग सम्पन्न गर्ने गरी जिम्मा लिएको थियो । तर, यस अवधिमा कम्पनीले लगानीसमेत जुटाउन सकेको छैन ।

कम्पनीसँगको सम्झौता अवधि सकिएपछि सुरुङमार्ग निर्माणको जिम्मा उसैलाई दिने कि नदिने भन्ने अन्योलमा सरकार रहेको भौतिक, योजना तथा यातायात व्यवस्था मन्त्रालयका निर्माण महाशाखा प्रमुख माधव कार्कीले बताए । उनले भने, ‘सुरुङमार्ग निर्माणको म्याद सकियो, तर कामको प्रगति शून्य छ ।’ म्याद थप गरिए पनि कुन मोडालिटी अपनाउने भन्ने विषयमा छलफल भइरहेको उनले बताए ।

निर्माण कम्पनीका अध्यक्ष लालकृष्ण केसीले सुरुङमार्ग निर्माणमा खासै प्रगति नभएको बताए । उनले भने, ‘सुरुङमार्ग निर्माण सम्झौताको अवधि सकियो । म्याद थपका लागि पहल भएको छ ।’ कम्पनी निरन्तर लगानी व्यवस्थापनको प्रयासमा रहेको उनले बताए । ‘अबको केही दिनभित्रै कम्पनीको बैठक बस्नेछ । त्यसले केही महत्वपूर्ण निर्णय गर्नेछ । यसको प्रगति सम्बन्धमा अहिले नै भन्ने वेला भएको छैन,’ उनले भने ।

४५ मिनेटमा हेटौँडा पुगिने
५८ किमि लम्बाइको सुरुङमार्ग बनेमा काठमाडौंबाट ४५ मिनेटमै हेटौँडा पुगिनेछ । ठूला तथा सार्वजनिक बसलाई भने त्यो दूरी पार गर्न बढीमा ६० मिनेट लाग्नेछ । काठमाडौंबाट हेटौँडा पुग्न अहिले काठमाडौं–नारायणगढ– हेटाैँडा सडकखण्डको दुई सय २७ किमि यात्रा तय गर्नुपर्छ । यसका लागि सातदेखि आठ घन्टा खर्च हुन्छ । वैकल्पिक मार्ग भनिएको त्रिभुवन राजमार्गको एक सय ३३ किमि सडक पार गर्न पनि सातदेखि आठ घन्टा नै लाग्छ ।

(banucciteam.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुमार नगरकाेटीलाई कैदी बन्दीकाे प्रश्न :मीरालाई अहिले पनि प्रेम गर्नुहुन्छ ?
कुमार नगरकाेटीलाई कैदी बन्दीकाे प्रश्न :मीरालाई अहिले पनि प्रेम गर्नुहुन्छ ?
अभियानका रुपमा मेला–महोत्सव आयोजना हुनु अर्थतन्त्र सुधारको सङ्केत हो : प्रधानमन्त्री
अभियानका रुपमा मेला–महोत्सव आयोजना हुनु अर्थतन्त्र सुधारको सङ्केत हो : प्रधानमन्त्री
हेर्नुहोस राष्ट्रिय प्रजातन्त्र पर्टिको घोषणापत्र ” राजतन्त्र र हिन्दुराष्ट्र फर्काउने “(४० बुँदे संकल्पसहित)
हेर्नुहोस राष्ट्रिय प्रजातन्त्र पर्टिको घोषणापत्र ” राजतन्त्र र हिन्दुराष्ट्र फर्काउने “(४० बुँदे संकल्पसहित)
टेम्पो चलाएर मासिक ५० हजार कमाइ
टेम्पो चलाएर मासिक ५० हजार कमाइ
डा.केसीले दिए गगनलाई जितको शुभकामना
डा.केसीले दिए गगनलाई जितको शुभकामना
Casual Hookup Reviews – Which Casual Get together Reviews Will be Right For You?
मेडिकल पढ्न जाँदा नेपालको २२ अर्ब विदेश गयो
मेडिकल पढ्न जाँदा नेपालको २२ अर्ब विदेश गयो
सप्तरीको मलेठ घटनाबारे प्रधानमन्त्री र आयोग को कुरा बाँझीयो ?
सप्तरीको मलेठ घटनाबारे प्रधानमन्त्री र आयोग को कुरा बाँझीयो ?
दाउन्ने सडकखण्डमा अाज राति १० बजेसम्म गाडी चलाउन रोक
दाउन्ने सडकखण्डमा अाज राति १० बजेसम्म गाडी चलाउन रोक
अनधिकृत विद्युत् प्रयोग गर्नेबाट १७ लाख असुल
अनधिकृत विद्युत् प्रयोग गर्नेबाट १७ लाख असुल