इमरान खानलाई भारतीय मुस्लिमको चिन्ता किन?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३०, २०७६
|
|
३१ पटक हेरिएको
Shares
इमरान खानलाई भारतीय मुस्लिमको चिन्ता किन?

सारांश

  • नयाँ दिल्ली (बीबीसी) ।
  • पाकिस्तानका प्रधानमन्त्री इमरान खानले गएका दिनहरुमा कश्मीर मामिलालाई लिएर आक्रामक शब्दहरुको प्रयोग गरिरहेका छन् ।
  • ईदका अवसरमा नाजी र हिटरललाई सम्झाउनु क्रिकेटको जस्तै विरोधीहरु विरुद्ध आक्रामक रणनीति हो वा अरु?

नयाँ दिल्ली (बीबीसी) । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले गएका दिनहरुमा कश्मीर मामिलालाई लिएर आक्रामक शब्दहरुको प्रयोग गरिरहेका छन् । ईदका अवसरमा नाजी र हिटरललाई सम्झाउनु क्रिकेटको जस्तै विरोधीहरु विरुद्ध आक्रामक रणनीति हो वा अरु?

खेल र राजनीति दुबैमा इमरान खानको एकै प्रकारको रणनीति देखिन्छ । दुश्मानमाथि यति आक्रमण गर्नुहोसकी उसलाई एक मिनेट पनि आराम नहोस । उ जम्न नसकोस र उसले यस्तो गल्ति गरोसकी आउट होस । हाल यही रणनीति विदेश मामिलामा पनि गएका दिनहरुका ट्वीटले देखाउँछ । देश भित्र पनि उनले हरेक भाषणमा र सामाजिक सञ्जालमा विपक्षी नेताहरुमाथि यति तिखो प्रतिक्रिया दिएका छन्की उनीहरु सुन्न नसक्ने अवस्थामा छन् । इमरान खानको आलोचना गर्नेहरु भन्छन् – न उनले मौका हेर्छन्, न माहोल, मात्र विपक्षीको क्लास लिन शुरु गरिदिन्छन् । अमेरिकामा पाकिस्तानीहरुको सभालाई सम्बोधन गर्दा पनि उनले यस्तै गरेका थिए ।

इमरान खानले पूर्व प्रधानमन्त्रीहरु र राष्ट्रिपतिहरुसमेत धेरै विपक्षी नेताहरुलाई चोर, डाकू र भ्रष्टका साथै अन्य के के उपनाम दिएनन् । उनका सल्लाहाकार र मन्त्रीहरु पनि उनकै यही शैली अपनाउँदै यस्तै भाषा हरेक दिन उपयोग गर्छन् । ईदका दिन आफ्नो आधिकारिक ट्वीटर अकाउण्टबाट उनले तीन ट्वीट गरेका छन्, जसमा कडा भाषाको प्रयोग गरिएको छ । यो पटक उनको तिरको निशाना घरेलु दुश्मन होइन, छिमेकी देश भारतको सत्तारुढ दल भाजपा बन्यो । उनले आरएसएसलाई भाजपाको वैचारिक आधार भन्दै यसको तुलना जर्मन तानाहाश हिटलरसँग गरे । २० औं शताब्दीमा हिटलर सत्तामा आएपछि भौगोकिल विस्तारले पूर्वी र केन्द्रीय यूरोपमा स्थान बनाएको थियो ।

इमरान खानले भाजापको प्रयास भारत प्रशासित कश्मीरसम्ममात्र सिमित नभएर आगामी निशाना पाकिस्तान र भारतीय मुसलमान हुने बताए । पहिलो कुरा त कट्टर हिन्दू पाकिस्तान स्थापनाले कहिल्यै पनि खुशी नभएको भन्दै उनले उनीहरु पाकिस्तान समाप्त भएको हेर्न चाहन्छन् भनेका थिए । यसक्रममा १९७१ मा बांगलादेशको स्थापनामा भारतको भूमिकालाई एक ठोस उदाहरणका रुपमा उनले पेश गरे । तर उनी १९९९ मा भाजापाकै प्रधानमन्त्री अटर बिहारी वाजपेयीको लाहौर भ्रमण, मीनारहरु पाकिस्तान आउनु र पाकिस्तानलाई एक वास्ताविक रुपमा स्वीकार गर्ने भनाईलाई स्वीकार गर्न तयार भएका छैनन् । भारतीय जनता पार्टीले कश्मीरबारे ५ अगस्टमा गरेका निर्णयले एक पटक फेरि पाकिस्तान सरकारको चिन्तालाई उजागार गरिदिएको छ । इमरान खानले त्यति भावनालाई व्यक्त गरेका हुन् ।

जहाँसम्म भारतमा बस्ने मुसलमानको कुरा छ, त्यो पाकिस्तानका सरकारी सञ्चार माध्यम र केही हदसम्म निजी सञ्चार माध्यमले पनि सरकारी दबाबमा भारतमा बस्ने मुसलमानहरुलाई अल्पसंख्यक र दबिएको जातीका रुपमा देखाएका छन् । गाई काटेको कुरा जहाँ भए पनि पाकिस्तानी सञ्चार माध्यमले त्यसलाई बढाएर पेश गर्छन् । केही विश्लेषक मुसलमानहरुलाई पाकिस्तानको फस्ट लाइन अफ डिफेन्स बनाउने प्रस्ताव पनि गर्छन् ।

अकील नदीम पाकिस्तानका पूर्व राजदूत हुन् । हालै प्रकाशित लेखमा उनले कश्मीरको बदलिँदो अनुहारलाई पाकिस्तानलाई एक मौका हुन सक्ने उल्लेख गरेका छन् । उनले यसले भारतीय मुसलमानहरुलाई एकजुट गराउन सक्ने र उनीहरुलाई भारतीय कदमको विरोधमा उठाउन सकिने मौका पनि पाकिस्तानलाई रहेको उनले लेखेका छन् ।

पाकिस्तान सरकार पक्कै पनि धेरै बाटाहरुमा सोचिरहेको होला । केही त उसले खुला रुपमै भनेको छ केही सार्वजनिक गर्न नमिल्ने पनि हुन सक्छन् । पाकिस्तान सरकारले काँग्रेसलाई सँधै अधिक सन्तुलित मान्छ । तर भारतीय आम चुनावभन्दा पहिला इमरान खानले दिएको एक प्रतिक्रिया भाजापाको पक्षमा देखिएको थियो । उनले भाजपा जिते कशमीर मामिला समधान हुन सक्ने बताएका थिए ।

भारतको इतिहासमा कुनै पनि सरकार कश्मीरको हैसियत परिवर्तन गर्ने विषयमा सोच्न मात्र सक्थ्यो तर, मोदीको भाजपाले यसलाई वास्ताविक रुप दिने प्रशास गरेका छ । यस्तो अवस्थामा पाकिस्तानी तोपको दिशा त्यसफर्त हुनु स्वभाविक हो । यो पाकिस्तानीहरुका लागि दुलर्भ अवसर हो भाजपाई वास्ताविक दुश्मन सावित गर्ने । उसँग यो महत्वपूर्ण मौका छ, दुई राष्ट्रिय विचारधाराको पुष्टि र हिन्दू र मुसलमान अलग अलग सम्प्रदाय (जसको आधारमा पाकिस्तान बनाइएको थियो) ।

इमरान खानको आक्रामक रवैया जस्तै भारतीय जनता पार्टीको पनि विदेशी र सुरक्षा नीति आक्रामक रहेको छ । अब यी दुई आक्रामक खेलाडी यस खतरालाई शान्ति र समृद्धिको मौका बनाउँछन् वा बनाउँदैनन् प्रश्न यहि छ ।

आरएसएस किन निशानामा?

त्यसो त पाकिस्तानमा पहिला पनि सुसुप्त रुपमा हिन्दू सम्प्रदाय जस्तै राष्ट्रिय स्वयमसेवक संघको चर्चा भारतसँगै आइरहेको छ । तर, यो पटक प्रधानमन्त्री इमरान खानले विशेष रुपमा यसको चर्चा गरेका छन् । यसैको कारण पाकिस्तानमा शंका विना नै सत्तारुढ भाजपाको वैचारिक आधार आरएसएसलाई मानिन्छ । भाजपाका सबै नीतिहरु आरएसएसको कोखमा जन्म लिन्छन् भन्ने पाकिस्तानी बुझाई छ । वरिष्ठ पत्रकार जाहिद हुसैनले एक पत्रिकामा लेखेका छन् –आरएसएसको विचारधाराबाट प्रभावित प्रधानमन्त्री नरेन्द्र मोदी भारतलाई एक हिन्दु राष्ट्रमा परिवर्तन गर्दै धार्मिक अलपसंख्यकलाई दबाउन चाहन्छन् । उनका अनुसार गैर हिन्दूलाई भाजापा हिन्दूका लागि खतरा मान्छ ।

पाकिस्तानका एक अर्का लोकप्रिय टिभि एंकर तथा पत्रकार नुसरत जावेदले त यही वर्ष मेमा आरएसएसलाई भाजापाको आमा भनेका थिए । उनले आरएसएसकै कारण इमरानलाई शपथ ग्रहण सामारोहमा नबोलाएको दाबी गरेका थिए । आरएसएसले केही थिंकट्यांक पनि सञ्चालन गरिरहेको उनको भनाई छ । ती मध्ये केही चर्चित उद्योगपति र व्यापारीसँग सम्बन्धित मानिसहरुको रुपैयाले चल्ने उनको दावी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बंगलादेशसँग पराजित हुँदै एशिया कपबाट बाहिरियो नेपाल
बंगलादेशसँग पराजित हुँदै एशिया कपबाट बाहिरियो नेपाल
निर्मला हत्याकाण्ड सयजना भन्दा बढीसँग सोधपुछ, अझै पत्ता लागेन
मोटरसाइकल चोरीको आरोपमा दुई पक्राउ
मोटरसाइकल चोरीको आरोपमा दुई पक्राउ
विजयकुमार गच्छदारलार्इ बोलायो सर्वोच्चले
मिल्दोजुल्दो वेबसाइट बनाई खोप प्रमाणीकरण गर्नेलाई मन्त्रालयले कारबाही गर्ने
मिल्दोजुल्दो वेबसाइट बनाई खोप प्रमाणीकरण गर्नेलाई मन्त्रालयले कारबाही गर्ने
ट्राफिक प्रहरीको नियमविरुद्ध आन्दोलनरत मजदुरद्वारा प्रहरीको भ्यानमा आगजनी
ट्राफिक प्रहरीको नियमविरुद्ध आन्दोलनरत मजदुरद्वारा प्रहरीको भ्यानमा आगजनी
आज विजया दशमी : मान्यजनबाट टीका तथा आशिर्वाद ग्रहण गरिँदै
आज विजया दशमी : मान्यजनबाट टीका तथा आशिर्वाद ग्रहण गरिँदै
माधव नेपाल पक्षको राष्ट्रिय भेला प्रचण्डको निर्देशन र होमवर्कबमोजिमको रमिता हो : थापा
माधव नेपाल पक्षको राष्ट्रिय भेला प्रचण्डको निर्देशन र होमवर्कबमोजिमको रमिता हो : थापा
चुनावको मुखमा राज्यमन्त्रीको पद खुस्कियो
चुनावको मुखमा राज्यमन्त्रीको पद खुस्कियो
चीनमा प्रधानमन्त्री ओलीले भुले याे महत्वपुण सम्झाैता

तपाईंले छुटाउनुभयो कि?