हाम्रो देशमा सरकार छ या छैन्: नीलम बर्मा

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ८, २०७५
|
|
१७ पटक हेरिएको
Shares
हाम्रो देशमा सरकार छ या छैन्: नीलम बर्मा

सारांश

  • काठमाडौं, ८ असाेज।
  • अन्तरपार्टी महिला सञ्जालले बलात्कार, हत्या हिँसा र विभेदका घटनामा संलग्न दोषीलाई पक्राउ गरि कानूनी दायरामा ल्याउन सरकार असफल भएको आरोप लगाएको छ।
  • सोमबार रिपोर्टर्स क्लबमा अन्तरपार्टी महिला सञ्जालले पत्रकार सम्मेलन गरेर बलात्कार, हत्या हिँसामा संलग्नलाई पक्राउ गरेर कारबाही गर्नमा सरकार चुकेको आरोप लगाएको हो।

काठमाडौं, ८ असाेज। अन्तरपार्टी महिला सञ्जालले बलात्कार, हत्या हिँसा र विभेदका घटनामा संलग्न दोषीलाई पक्राउ गरि कानूनी दायरामा ल्याउन सरकार असफल भएको आरोप लगाएको छ।
सोमबार रिपोर्टर्स क्लबमा अन्तरपार्टी महिला सञ्जालले पत्रकार सम्मेलन गरेर बलात्कार, हत्या हिँसामा संलग्नलाई पक्राउ गरेर कारबाही गर्नमा सरकार चुकेको आरोप लगाएको हो।

सञ्जालकी अध्यक्ष नीलम बर्माले दुई महिना पहिले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको र हत्यामा संलग्न दोषीलाई पक्राउ गर्न नसकेको भन्दै सरकारको आलोचना गरेकी छिन्।
उनले भनिन्, ‘हाम्रो देशमा सरकार छ या छैन्? के काम गरिरहेको छ? यत्तिका हत्या भैरहँदा, यत्तिका बलात्कारका घटनाहरु बढिरहेका छन्, बलात्कार, हत्या र एसिड आक्रमण गर्नेहरुलाई कडाभन्दा कडा कारबाही गरियोस्, अपराधीहरुलाई तत्काल् पक्राउ गरेर पीडितलाई न्याय दिने काम गरोस्, हामीले आज ७७ वटै जिल्लामा प्रधानमन्त्रीको ध्यानाकार्षण गर्ने उद्देश्यले ज्ञापनपत्र बुझाएका छौैं, हामीले उठाएका मागहरु सम्बोधन गर्नुपर्छ, हामीले महिला हिंसाको अन्त्य चाहेका छौं, शान्ति अमन–चयन खोजेका छौं, तर सरकार यसमा असफल भैरहेको छ।’

न्याय माग्न सडकमा निस्किँदा गोली खानुपर्ने स्थिति रहेको सुनाउँदै उनले भनिन्,‘सरकारले भीड नियन्त्रण गर्न अन्य तरिका हुँदाहुँदै पनि गोलि हान्ने र समाजलाई उत्तेजित पार्ने काम गरेको छ्, न्याय पाउन आन्दोलन गर्नैैपर्ने स्थिति किन आउँदै छ? के गरिबले यसरी न्याय पाउन सक्छन?’
सञ्जलाकी महासचिव कल्याणी रिजालले ५१ प्रतिशत नारीहरुको उपस्थिति रहेको नेपालमा महिला हिँसाका घट्नाका बारेमा सरकार गम्भिर नदेखिएको गुनासो पोखिन्।

उनले भनिन्,‘हाम्रो देशमा ५१ प्रतिशत महिला छन्, के हामी महिला भएर जन्मिनु दोष हो? के हामी राम्री हुनु दोष हो? के हामीले पुरुषको ईच्छा अनुसार आफूलाई समर्पण गर्नैपर्ने हो ? शारीरिक सम्बन्ध गर्न तयार नहुँदा एसिडको सिकार हुनैपर्ने हो ? यो कस्तो खालको हिँसा हुँदैछ ? मुलुकमा गणतन्त्र आईसकेको छ । यस्तो प्रकारको हमला, हत्या र बलात्कारलाई सरकारले नियन्त्रण र निरुत्साहित पार्न सक्नुपर्छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?