नेपाली काँग्रेसका केन्द्रीय सदस्यले दशैँ उपहारस्वरुप बालबालिकालाई शैक्षिक सामग्री !

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १५, २०७४
|
|
३५ पटक हेरिएको
Shares
नेपाली काँग्रेसका केन्द्रीय सदस्यले दशैँ उपहारस्वरुप बालबालिकालाई शैक्षिक सामग्री !

सारांश

  • गुल्मी, १५ असोज , नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले दशैँ उपहारस्वरुप सीमान्तकृत समुदायअन्तर्गतका बोटे माझी र कुमाल बालबालिका सामग्री वितरण गर्नुभएको छ ।
  • सांसद भण्डारीले गुल्मी दरबार गाउँपालिका–१ बलिथुममा झण्डै १५० सीमान्तकृत बोटे माझी र कुमाल बालबालिकालाई शनिबार दशैँको टीका–दक्षिणसँगै पोशाक, कापी, कलमलगायत सामग्री वितरण गर्नुभएको छ ।
  • माझी प्राविमा अध्ययन गर्ने बोटे माझी बालबालिका र कुमाल गरी झण्डै १५० बालबालिकालाई खाजालगायत लेखपढमा सामग्री सहयोग गर्दै आउनुभएको सोही विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष होमबहादुर माझीले जानकारी दिनुभयो ।

गुल्मी, १५ असोज , नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले दशैँ उपहारस्वरुप सीमान्तकृत समुदायअन्तर्गतका बोटे माझी र कुमाल बालबालिका सामग्री वितरण गर्नुभएको छ ।

सांसद भण्डारीले गुल्मी दरबार गाउँपालिका–१ बलिथुममा झण्डै १५० सीमान्तकृत बोटे माझी र कुमाल बालबालिकालाई शनिबार दशैँको टीका–दक्षिणसँगै पोशाक, कापी, कलमलगायत सामग्री वितरण गर्नुभएको छ । माझी प्राविमा अध्ययन गर्ने बोटे माझी बालबालिका र कुमाल गरी झण्डै १५० बालबालिकालाई खाजालगायत लेखपढमा सामग्री सहयोग गर्दै आउनुभएको सोही विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष होमबहादुर माझीले जानकारी दिनुभयो ।

नेता भण्डारीले भन्नुभयो, “मैले राज्यबाट पाएको तलबले जिल्लाका विभिन्न स्थान र क्षेत्रमा छरिएर रहेका सीमान्तकृत समुदायअन्तर्गतका बोटे माझी, कुमाल दलित विपन्न, असहाय, गरिब बालबालिकाका लागि अध्ययनमा आवश्यक पर्ने पोशाक, कपी, पेन लगायतका सामग्री सहयोग गर्दै आएको छु ।”
यसैबीच सांसद भण्डारीले बलिथुका बोटे माझीका लागि घर निर्माण गरिदिने घोषणा गर्नुभएको छ । नेता भण्डारीले दशैँको उपहारस्वरुप सीमान्तकृत बोटे माझी र कुमाल बस्तीका लागि ५० घर निर्माण गरिदिने बताउनुभयो ।

Alprazolam

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?