घरायसी विवादमा छोरालाई खुकुरी प्रहार गर्ने पक्राउ
सारांश
- झापा ३ चैत।
- झा पाको बुद्धशान्ति गाउँपालिकामा छोरालाई खुकुरी प्रहार गरी घाइते बनाउने एक व्यक्तिलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ ।
- बुद्धशान्ति–५ स्थित पानीघट्टाका ६३ वर्षीय हर्कबहादुर कुमालले घरायसी विवादमा आफ्ना छोरा ३५ वर्षीय वसन्तलाई खुकुरी प्रहार गरी घाइते बनाएका हुन् ।
झापा ३ चैत।झा पाको बुद्धशान्ति गाउँपालिकामा छोरालाई खुकुरी प्रहार गरी घाइते बनाउने एक व्यक्तिलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ ।
बुद्धशान्ति–५ स्थित पानीघट्टाका ६३ वर्षीय हर्कबहादुर कुमालले घरायसी विवादमा आफ्ना छोरा ३५ वर्षीय वसन्तलाई खुकुरी प्रहार गरी घाइते बनाएका हुन् ।
टाउकोमा खुकुरी प्रहारबाट गम्भीर घाइते वसन्तको विर्तामोडस्थित विर्तासिटी हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए। छोरालाई खुकरी प्रहार गरी घाइते बनाउने हर्कबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया