हिन्दीलाई बढवा दिएको भन्दै युवाहरू आन्दोलित, फोरम र राजपाको झन्डा जलाइयो

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २४, २०७४
|
|
३७ पटक हेरिएको
Shares
हिन्दीलाई बढवा दिएको भन्दै युवाहरू आन्दोलित, फोरम र राजपाको झन्डा जलाइयो

सारांश

  • काठमाडौं, २४ माघ – प्रदेश सभाको पहिलो बैठकमा केही सांसदले हिन्दी भाषामा सम्बोधन गरेको भन्दै जनकपुरका युवा विरोधमा उत्रिएका छन् ।
  • तराई मधेसको सम्पर्क भाषाको नाममा हिन्दीलाई बढावा दिएकोमा विरोध गर्दै युवाहरूले आन्दोलित बनेका हुन् ।
  • स्थानीय जनक चोकमा परिवर्तनका लागि युवा अभियानका संयोजक सुशील कर्णको अगुवाइ र स्थानीय युवा बिल्टु पञ्जियारको नेतृत्वमा मंगलबार संघीय समाजवादी फोरम र राजपाको झन्डा जलाइयो आजको नयाँ पत्रिका दैनिकबाट यो खबर लिइएको हो ।

काठमाडौं, २४ माघ – प्रदेश सभाको पहिलो बैठकमा केही सांसदले हिन्दी भाषामा सम्बोधन गरेको भन्दै जनकपुरका युवा विरोधमा उत्रिएका छन् । तराई मधेसको सम्पर्क भाषाको नाममा हिन्दीलाई बढावा दिएकोमा विरोध गर्दै युवाहरूले आन्दोलित बनेका हुन् । स्थानीय जनक चोकमा परिवर्तनका लागि युवा अभियानका संयोजक सुशील कर्णको अगुवाइ र स्थानीय युवा बिल्टु पञ्जियारको नेतृत्वमा मंगलबार संघीय समाजवादी फोरम र राजपाको झन्डा जलाइयो आजको नयाँ पत्रिका दैनिकबाट यो खबर लिइएको हो ।

‘हाम्रो आन्दोलन हिन्दी भाषाको विरोध होइन, हाम्रो आन्दोलन सम्पर्क भाषाको नाममा मातृभाषालाई उपेक्षा गरेको विरोधमा हो,’ संयोजक कर्णले भने । प्र्रदेश सभाको पहिलो बैठकमा संघीय समाजवादी फोरमबाट मोहम्मद लालबाबु राउत गद्दी र राजपाबाट जितेन्द्र सोनालले हिन्दी भाषामा सम्बोधन गरेका थिए । राउत पर्सा र सोनाल बाराका हुन् । दुवै जिल्लामा अधिकांशले बोल्ने भाषा भोजपुरी हो । एमाले, कांग्रेस र माओवादी केन्द्रका प्रदेश सभा सदस्यले मैथिलीमा बोलेका थिए । भोजपुरी भाषी सांसदले हिन्दीमा बोलेकाले विरोध सुरु भएको हो ।

११ सांसदद्वारा हिन्दीमा शपथ
गत ७ माघमा शपथग्रहण समारोहमा ४६ सांसदले मैथिली, २५ ले भोजपुरी, २३ ले नेपाली र ११ जना सांसदले हिन्दीमा शपथ लिएका थिए । ‘प्रदेश २ मा अधिकांशले एक–अर्काको भाषा बुझ्छन्, मैथिली वा मगही बोल्नेलाई भोजपुरी बोल्न समस्या हुन्छ । तर, बुझ्न त्यति समस्या हुँदैन । त्यस्तै, भोजपुरी बोल्नेलाई मैथिली बोल्न समस्या हुन सक्छ । तर, बुझ्नै नसक्ने हुँदैन । त्यसकारण पहिचानका लागि भएको आन्दोलनको भावना र मर्मविपरीत मातृभाषासँग खेलवाड हुनु भएन,’ संयोजक कर्णले भने । प्रदेश सभामा रहेका दलहरूले यो विषयमा गम्भीरता नअपनाए कडा आन्दोलन गर्ने उनले चेतावनीसमेत दिए । केही दिनअघि मात्रै नेपाल पिछडा वर्ग (ओबिसी) महासंघ धनुषासहित विभिन्न १४ वटा संघसंस्थाले प्रदेश २ को कामकाजको भाषा मगही हुनुपर्ने भन्दै प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थलाई ज्ञापनपत्र बुझाएका थिए ।

दलहरूका आ–आफ्नै अडान
प्रदेश २ को भाषा र नामको विषयमा दलहरू विभाजित छन् । मधेस गठबन्धन प्रदेश २ को नाम मधेस प्रदेश र भाषा हिन्दी हुनुपर्ने पक्षमा छ । फोरममा मैथिलीलाई कामकाजी बनाउनुपर्ने प्रदेश सभाका सदस्यहरूको पनि उत्तिकै दबाब छ । कांग्रेस, एमाले र माओवादी केन्द्रले भने नाम मिथिला जोडेर राख्नुपर्ने र भाषा मैथिली हुनुपर्नेमा जोड दिएका छन् ।

एमाले प्रदेश सभा सदस्य शत्रुधन महतोले मैथिली र मगही भाषामा खासै अन्तर नरहेकाले मैथिली कामकाजी भाषा हुनुपर्ने बताए । माओवादी केन्द्रका सांसद रामचन्द्र मण्डलले प्रदेश २ लाई मिथिला भोजपुरा प्रदेश र कामकाजी भाषा मैथिली राख्नुपर्ने बताए । ‘प्रदेश २ मा सबैभन्दा बढी मैथिली भाषा बोलिन्छ, त्यसकारण यसको कामकाजको पहिलो भाषा मैथिली र दोस्रो प्रदेशमा बोलिने सबै मातृभाषालाई कामकाजको भाषा बनाउन सकिन्छ,’ मण्डलले भने ।

मधेस गठबन्धनका नेताहरूले प्रदेश २ को नाम मधेस प्रदेश हुनुपर्ने धारणा राखेका छन् । संघीय समाजवादी फोरम नेपालका वरिष्ठ उपाध्यक्ष लालबाबु राउतले भाषाबारे प्रदेश सभाले निर्णय गर्ने बताए । नामचाहिँ मधेस हुनुपर्ने उनको धारणा थियो । राजपा नेता जितेन्द्र सोनालले प्रदेशको सम्पर्क भाषा भएकाले कामकाजी भाषा हिन्दी हुनुपर्ने, तर, अन्य भाषालाई रोक्न नहुने बताए । प्रदेशको नाम मधेस नै हुनुपर्ने उनको भनाइ छ । रौतहट, बारा र पर्सामा भोजपुरी बोल्ने भएकाले मैथिली भाषालाई कामकाजीको भाषा बनाउन नहुने उनको तर्क छ ।

प्रतिक्रिया

8 कमेन्ट

    Comment Author

    पुस्प राज कार्की्

    धेरै राम्रो काम

    Comment Author

    Tulsi Raut

    Ramro

    Comment Author

    Karna Chand

    धैरै धेरै बधाइ छ

    Comment Author

    Surya Bhattarai

    No hindi

    Comment Author

    Surya Bhattarai

    No hindi

    Comment Author

    Surya Bhattarai

    No hindi

    Comment Author

    Aditya Kone

    Very good.

    Comment Author

    A TO Z Nepal

    indiama pad cha nepalma ganawu cha thukka

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 8
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?