हेटौंडा-काठमाडौं जोड्ने दुई सडक सञ्चालनमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २०, २०८२
|
|
२० पटक हेरिएको
Shares
हेटौंडा-काठमाडौं जोड्ने दुई सडक सञ्चालनमा

सारांश

  • बागमती।
  • अविरल वर्षाका कारण अवरुद्ध भएको हेटौंडा-काठमाडौं जोड्ने दुई सडक आज बिहानदेखि सञ्चालनमा आएका छन्।
  • सडकमा खसेको पहिरो पन्छ्याएपछि आज बिहानदेखि हेटौंडा-कुलेखानी-फाखेल-फर्पिङ सडक खण्ड र हेटौंडा-पालुङ-नौबिसे सडक खण्ड सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिए।

बागमती। अविरल वर्षाका कारण अवरुद्ध भएको हेटौंडा-काठमाडौं जोड्ने दुई सडक आज बिहानदेखि सञ्चालनमा आएका छन्।

सडकमा खसेको पहिरो पन्छ्याएपछि आज बिहानदेखि हेटौंडा-कुलेखानी-फाखेल-फर्पिङ सडक खण्ड र हेटौंडा-पालुङ-नौबिसे सडक खण्ड सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिए। उनका अनुसार पहिरो खस्दा अवरुद्ध बनेको हेटौंडा-काठमाडौं जोड्ने भीमफेदी-कुलेखानी-सिस्नेरी सडक र कान्ति लोकपथ सडक भने अझै सञ्चालनमा आउन सकेका छैनन्। 

भीमफेदी-कुलेखानी-सिस्नेरी सडक खण्डमा पर्ने डोढारे खोलाले सडकको केही भाग बगाएको र दक्षिणकाली मन्दिर नजिकै पहिरो गएकाले सवारीसाधन सञ्चालनमा आउन नसकेको प्रहरी निरीक्षक सापकोटाले बताए। बगाएको सडक पुनर्निर्माण तथा पहिरो पन्छ्याउने कार्य भइरहेको उनको भनाइ छ। 

यस्तै हेटौंडा-काठमाडौं जोड्ने कान्तिलोकपथ सडकमा पर्ने बगुवा खोलासम्म पहिरो खसेर सडकको केही भाग बगाएको प्रहरी निरीक्षक सापकोटाले बताए। ठाउँठाउँमा खसेको पहिरो पन्छ्याउने र सडक मर्मतको कार्य भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?