आज देशभर छ जनाको संक्रमणबाट मृत्यु, कुल मृत्यु हुनेको संख्या एक सय २०

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ३, २०७७
|
|
३८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ३ भाद्र ।
  • देशमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय २० पुगेको छ ।
  • आज देशभर छ जनाको संक्रमणबाट मृत्यु पुष्टि भएको हो ।

काठमाडौं, ३ भाद्र । देशमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय २० पुगेको छ । आज देशभर छ जनाको संक्रमणबाट मृत्यु पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज चार महिला र दुई पुरुषको संक्रमणबाट मृत्यु भएको जानकारी दिएको हो । मृत्यु हुनेहरुमा काठमाडौं र बर्दियाका एक(एक पुरुष, भक्तपुर, चितवन, मोरङ र सुनसरीका एक-एकजना महिला छन् ।

आज थपिएका मृतकसहित देशमा कोरोना संक्रमणबाट मृत्यु हुनेमध्ये ९२ पुरुष र २८ महिला छन् । कुल मृतकमध्ये तीनजना विदेशी छन् । उनीहरुमध्ये दुईजना भारतीय र एकजना चिनियाँ नागरिक हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?