१२ बर्षे बालकको अपहरणपछि हत्या, ५ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २८, २०७५
|
|
२३ पटक हेरिएको
Shares
१२ बर्षे बालकको अपहरणपछि हत्या, ५ जना पक्राउ

सारांश

  • शिखरन्युज, २८ जेठ – रौतहटमा अपहरणमा परेका एक १२ वर्षे बालकको हत्या भएको प्रहरीले जनाएको छ।
  •   कटहरिया ९ डुमरियाका युवराज साहको गोली प्रहार गरी हत्या भएको छ ।
  • गत शनिबार रातिदेखि अपहरणमा परेका बालक चिकित्सक दिलिप साहका छोरा हुन् ।

शिखरन्युज, २८ जेठ – रौतहटमा अपहरणमा परेका एक १२ वर्षे बालकको हत्या भएको प्रहरीले जनाएको छ।  कटहरिया ९ डुमरियाका युवराज साहको गोली प्रहार गरी हत्या भएको छ । गत शनिबार रातिदेखि अपहरणमा परेका बालक चिकित्सक दिलिप साहका छोरा हुन् ।

हत्यामा संलग्न भएको भन्दै ५ जनालाई प्रहरीले पक्रेको छ । कटहरीया डुमरियाकै १९ वर्षीया शक्तिराय यादव, २० वर्षीया प्रविन राय यादव, २० वर्षीया सुनिल कुमार यादव र बृन्दावन नगरपालिका आखरपाथरका १८ वर्षीया विनोद कुमार पटेल, २० वर्षीया रवि कुमार पटेललाई अपहरण गरी हत्या गरेको भन्दै प्रहरीले पक्रेको छ ।

बालक अपहरण गरेपछि परिवारसँग १ करोड रुपियाँ अपहरणकारीले मागेको थियो । फिरौति रकम नदिएका कारण हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । बालकलाई घरबाट १५ किलोमिटर पर पर्ने गढीमाईको बागमती किनारमा गोली हानी मारिएको भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?