आजको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु के-के हुन् ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २९, २०८०
|
|
४७ पटक हेरिएको
Shares
आजको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु के-के  हुन् ?

सारांश

  • काठमाडौं ।
  • मन्त्रिपरिषद्को नियमित बैठक सकिएको छ ।
  • राष्ट्रिय महत्वका विभिन्न आठ निर्णयहरु गर्दै आजको बैठक सकिएको हो ।

काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक सकिएको छ । राष्ट्रिय महत्वका विभिन्न आठ निर्णयहरु गर्दै आजको बैठक सकिएको हो ।

आजको बैठकले कर प्रणालीको सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय गरेको छ भने साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुस छूट गरी १०–१० हजार मेट्रिक टन चिनी आायात गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

त्यसैगरी, सिंचाई नीति, २०८० स्वीकृत गर्ने र संविधान दिवसको अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट प्रदान गरिने विभूषण वितरण कार्यलाई मर्यादित एवं थप व्यवस्थित गरी विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गर्ने । हाललाई विभूषण वितरण कार्य स्थगन गर्ने निर्णय गरेको छ ।

आजको बैठकले नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने तथा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा प्रस्तुत गर्न स्वीकृति दिने र प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गर्ने तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जपीडित जनताको न्यायिक समस्या स्थायीरुपमा समाधानका लगि अधिकारसम्पन्न न्यायिक आयोग गठन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीको दिनगन्ती शुरु भएको विप्लवको भनाइ, नेता रिहा नभए ८ गते नेपालबन्द
ओलीको दिनगन्ती शुरु भएको विप्लवको भनाइ, नेता रिहा नभए ८ गते नेपालबन्द
एनसेलले गुहार्यो अन्तराष्ट्रिय मध्यस्थकर्ता
एनसेलले गुहार्यो अन्तराष्ट्रिय मध्यस्थकर्ता
प्रदेश ४ को उपसभामुखमा सिर्जना शर्मा निर्वाचित
प्रदेश ४ को उपसभामुखमा सिर्जना शर्मा निर्वाचित
चीनले किन भारतलाई चेतावनी दियो ?
चीनले किन भारतलाई चेतावनी दियो ?
पार्टी जोगाउन महासचिव पोखरेलको आह्वान
राष्ट्रघाती माग पूरा गरेर फोरमलाई सरकारमा ल्याउने कुराप्रति कडा आपत्ति
राष्ट्रघाती माग पूरा गरेर फोरमलाई सरकारमा ल्याउने कुराप्रति कडा आपत्ति
असार ४ गते बुधबारको राशीफल यस्तो छ, सांगीतिक रुची देखि राज्यबाट सम्मान मिल्नेसम्मको योग
पीएसजीको फराकिलो जितमा मेस्सी, नेयमार र एमबाप्पेको गोल
पीएसजीको फराकिलो जितमा मेस्सी, नेयमार र एमबाप्पेको गोल
सरकारको क्षमतामाथि प्रश्न उब्जियो: गगन थापा
सरकारको क्षमतामाथि प्रश्न उब्जियो: गगन थापा
भीमदत्तका प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
भीमदत्तका प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा