असार “महिनाको सर्वोत्कृष्ट प्रहरी” भए भट्टराई

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १२, २०७५
|
|
२६ पटक हेरिएको
Shares
असार “महिनाको सर्वोत्कृष्ट प्रहरी” भए भट्टराई

सारांश

  • अस्बिन खड्का, १२ साउन ।
  • प्रहरी नाउव उपरिक्षक टंक प्रसाद भट्टरार्इ असार महिनकाे सर्वोत्कृष्ट प्रहरी” घाेषित भएका छन् ।
  • १ नं प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहेका सम्पूर्ण प्रहरी युनिटहरुबाट एक महिनाको उत्कृष्ट कार्य विवरण अध्ययन गरी “महिनाको सर्वोत्कृष्ट प्रहरी” छनौट निर्देशिका (शंसोधन) अनुसार प्रनाउ भट्टराईलाई महिनाको सर्वोत्कृष्ट प्रहरीको रुपमा घोषणा गरिएको हो ।

अस्बिन खड्का, १२ साउन । प्रहरी नाउव उपरिक्षक टंक प्रसाद भट्टरार्इ असार महिनकाे सर्वोत्कृष्ट प्रहरी” घाेषित भएका छन् । १ नं प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहेका सम्पूर्ण प्रहरी युनिटहरुबाट एक महिनाको उत्कृष्ट कार्य विवरण अध्ययन गरी “महिनाको सर्वोत्कृष्ट प्रहरी” छनौट निर्देशिका (शंसोधन) अनुसार प्रनाउ भट्टराईलाई महिनाको सर्वोत्कृष्ट प्रहरीको रुपमा घोषणा गरिएको हो ।

ईलाका प्रहरी कार्यालय काँकडभिट्टा झापाका प्रनाउ भट्टराई ले सरोकारवाला निकायहरु,स्थानीय तह,संघ संस्थाहरुसंग समन्वय गर्दै सीमा नाकामा हुने चोरी तस्करी नियन्त्रणमा उल्लेखनिय कार्य गर्नुका साथै लागूऔषध, साना हात-हतियार, मानव वेचबिखन लगायतका अपराधिक क्रियाकलाप नियन्त्रण तथा सीमा नाकालाई व्यवस्थित पार्न र सवारी आवगमनलाई सहज बनाउन उल्लेख्य भुमिका खेलेका थिए ।

साथै सर्वसाधरणहरुलाई सुरक्षाको अनुभूती हुने गरी शान्ति सुरक्षा कायम गरी सांगठानिक मूल उदेश्य प्राप्त गर्ने कार्यमा आफू मातहतलाई प्रभावकारीरुपमा परिचालन गरी सर्वसाधारण नागरिक माझ प्रहरीको छवि उच्च बनाउने कार्य गरेकाेले  उक्त कार्यकाे मुल्याङकन र कदर गर्दै असार “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषित गरिएको बताइएकाे छ  । महिनाको सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले पुरस्कारसहित प्रदेश प्रहरीको हाताभित्र निर्माण गरिएको स्तम्भमा फोटो सहितको कार्यविवरणसहित फ्लेक्स प्रिन्ट गरी राखिदै गरेकाे छ ।

“महिनाको उत्कृष्ट प्रहरी” २०७५ निर्देशिका अनुसार मातहत तथा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय स्तरसम्म कार्यालयको मुख्य गेटमा प्रदेश प्रहरी कार्यालयबाट घोषित “महिनाको सर्वोत्कृष्ट प्रहरी” (Best Police Of the Month)र जिल्ला प्रहरी कार्यालयबाट छानिएका “महिनाको उत्कृष्ट प्रहरी” ( Police Of the month) समेत राखिने व्यबस्था गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?