२१ महिनाकी बालिकाको आगोले जलेर मुत्यु
सारांश
- गाईघाट साउन,३१ ।
- फालेलुङ गाउपालिका–५ पाँचथरको एक घरमा आगलागि हुँदा २१ महिना की बालिकाको आगोले जलेर मुत्यु भएको छ।
- छोरिलाई वचाउने क्रममा आमा गम्भिर घाइते भएकि छिन् ।
गाईघाट साउन,३१ । फालेलुङ गाउपालिका–५ पाँचथरको एक घरमा आगलागि हुँदा २१ महिना की बालिकाको आगोले जलेर मुत्यु भएको छ। छोरिलाई वचाउने क्रममा आमा गम्भिर घाइते भएकि छिन् । बुधबार दिउँसो घरमा आगलागि हुंदा सुमिता राईको आगोले जलेर मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ ।
आमा कमला छोरिलाई घरभित्र सुताएर घाँस काट्न गएकी र श्रीमान पनि बगानमा काम गर्न गएका थिए।घरमा आगो लागेको देखेर घर फर्किदां छोरी आगोले जलिरहेको अवस्थामा देखेपछि वचाउने क्रममा आमा पनि घाइते भएको र दुई तले घर आगलागिबाट नष्ट हुदां मानविय क्षतीसँगै ७ लाख ६५ हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी निरिक्षक अनिलकुमार पौडेलले ।
आगोले जलेर गम्भिर अवस्थामा भएकी ३५ वर्षीय कमलाको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
प्रतिक्रिया