गोलरक्षक कीपा विश्व कीर्तिमानी मुल्यमा चेल्सीमा अनुबन्धित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २४, २०७५
|
|
२४ पटक हेरिएको
Shares
गोलरक्षक कीपा विश्व कीर्तिमानी मुल्यमा चेल्सीमा अनुबन्धित

सारांश

  • काठमाडौ,साउन,२४.
  • (एजेन्सी) – लन्डन क्लब चेल्सीले गोलकिपर कीपा अरिजाब्लागालाई विश्व कीर्तिमानी मुल्यमा क्लबमा अनुबन्धन  गरेको छ ।
  • चेल्सीले समर ट्रान्सफरको अन्तिम दिन स्पेन तथा एथ्लेटिको बिल्वाओका गोलकिपर कीपा अरिजाब्लागा लाई गोलकिपरका लागि विश्व कीर्तिमानी मुल्य ७२ मिलियन पाउन्डमा सात वर्षका लागि क्लबमा अनुबन्ध गरेको हो ।

काठमाडौ,साउन,२४.(एजेन्सी) – लन्डन क्लब चेल्सीले गोलकिपर कीपा अरिजाब्लागालाई विश्व कीर्तिमानी मुल्यमा क्लबमा अनुबन्धन  गरेको छ ।

चेल्सीले समर ट्रान्सफरको अन्तिम दिन स्पेन तथा एथ्लेटिको बिल्वाओका गोलकिपर कीपा अरिजाब्लागा लाई गोलकिपरका लागि विश्व कीर्तिमानी मुल्य ७२ मिलियन पाउन्डमा सात वर्षका लागि क्लबमा अनुबन्ध गरेको हो ।

चेल्सीमा अनुबन्ध भएसँगै अरिजाब्लागा विश्वकै सबैभन्दा महंगा गोलकिपर बनेका छन् । गत जुलाइमा लिभरपुलले ब्राजिलियन गोलरक्षक एलिसन बेकरलाई कीर्तिमानी ६७ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो । यस्तै अरिजाब्लागा चेल्सीका लागि कीर्तिमानी अनुबन्ध बनेको छ । चेल्सीले यसअघि स्पेनिस स्ट्राइकर अल्भारो मोराटाका लागि ५८ मिलियन पाउण्ड खर्चिएको थियो ।

चेल्सीमा अनुबन्ध भएसँगै कीपाले भने चेल्सीले मलाई विश्वास गरेकोमा खुशीको सीमा नै नरेहको बताएका छन। ‘यो मेरो करियर र व्यक्तिगत जीवनको महत्वपुर्ण निर्णय हो । क्लबले म बाट धेरै अपेक्षा गरेकोछ र म मेरोतर्फबाट क्लबका लागि सक्दो सक्ने मिहेनत गर्नेछु ।’ कीपाले भनेका छन् ।

पहिलो रोजाईका बेल्जियन गोलकिपरका लागि थिवाउटट कोर्टुवाले क्लब छाड्ने संकेत गरेपछि लन्डन क्लब चेल्सीले स्पेन तथा विल्वाओका २३ वर्षीय युवा गोलरक्षक अरिजाब्लागालाई विश्व कीर्तिमानी मुल्य खर्चिएको हो । कागजी प्रक्रिया र मेडिकल समर ट्रान्सफर को अन्तिम दिन बिहिबार हुने क्लबले जनाएको छ ।अरिजाब्लागाले स्पेनिस टोलीबाट उनले एकमात्र क्याप जितेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?