२३ वर्ष देखि सँगै यो बलिउड जाेडी, चलचित्रकाे १२०० सय हप्ता पुरा !
सारांश
- शाहरुख र काजोल अभिनित चलचित्र ‘दिलवाले दुल्हनिया ले जाएङ्गे’ रिलिज भएको २३ वर्ष पुरा भएको छ ।
- फिल्मले ठूलो पर्दामा प्रदर्शनको १२०० सय हप्ता पुरा गरेको छ ।
- फिल्म सन १९९५ को अक्टोबर १९ मा रिलिज भएको थियो ।
शाहरुख र काजोल अभिनित चलचित्र ‘दिलवाले दुल्हनिया ले जाएङ्गे’ रिलिज भएको २३ वर्ष पुरा भएको छ । फिल्मले ठूलो पर्दामा प्रदर्शनको १२०० सय हप्ता पुरा गरेको छ । फिल्म सन १९९५ को अक्टोबर १९ मा रिलिज भएको थियो । यसै खुशीयालीमा शाहरुख खानले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै भनेका छन्, ‘२३ वर्ष पहिले सुरु भएको यो विशेष यात्रा आज पनि जारी छ । हजुरहरुको मायाले राज र सिमरनको प्रेम ठूलो पर्दामा लगातार १२०० हप्ता सम्म जिउँदो राख्यो । यतिका वर्षदेखि विना कुनै शर्त हामीलाई माया गरिदिनुभएकोमा धन्यवाद ।’ (अंग्रेजीबाट अनुवाद)
चलचित्र ‘दिलवाले दुल्हनिया ले जाएङ्गे’ सिंगल थिएटर सिनेमा हल मराठा मंदिरमा १२०० हप्ता देखि लगातार चलिरहेको छ । सन १९९६ मा चलचित्रले सर्वश्रेष्ठ फिल्म सहित १० फिल्मफेयर अवार्ड जितेको थियो ।
उक्त चलचित्रमा शाहरुख खान राजको भूमिकामा देखिएका छन् भने काजोल सिमरनको । राज र सिमरनको ट्रेनमा भेट हुन्छ । सुरुमा केही प्रेमिल लडाइपछि उनीहरुबीच माया बस्छ । तर सिमरन आफ्नो प्रेमको कुरा घरमा बताउन सक्दिन । उसको बुवाले सिमरनको विवाह आफ्नो साथीको छोरासँग तय गरिदिन्छ । सिमरन फर्किदा राज पनि उसको गाउँमा आउँछ । सिमरनको परिवारका सदस्यको मन जित्न उसले धेरै पापड बेल्छ । अन्ततः कथाको धेरै उतार चढावपछि राज र सिमरनको प्रेम कै जित हुन्छ ।
चलचित्र ‘दिलवाले दुल्हनिया ले जाएङ्गे’ पछि शाहरुख र काजोलको जोडी निकै मन पराइएको थियो । फलस्वप उनीहरु कुछ कुछ होता हे, कभी खुशी कभी गम, माइ नेम इज खान र दिलवाले जस्ता धेरै चलचित्रहरुमा सँगै देखिइसकेका छन् । चलचित्र दिलवाले दुल्हनिया ले जोएङ्गेलाई आदित्य चोपडाले निर्देशन गरेका थिए । त्यो उनीद्वारा निर्देशित पहिलो चलचित्र हो ।
प्रतिक्रिया